Thursday, August 17, 2017

प्रगतिशील लेखक सङ्घको इतिहास

प्रलेसका ६ दशकः सङ्क्षिप्त सिंहावलोकन

चैतन्य

१. पृष्ठभूमि

२००९ सालमा स्थापना गरिएको प्रगतिशील लेखक सङ्घले २०७१ सालमा आउँदा ६ दशक उमेर पार गरिसकेको छ । यो माक्र्सवाद र समाजवादी यथार्थवादको आलोकमा स्वःफूर्त तथा आलोचनात्मक यथार्थवादलाई समेत साथमा लिंदै अनेकौँ आरोह र अवरोहका बीचबाट लामो ऐतिहासिक यात्रा पार गर्न सफल रहेको छ । 
नेपालमा प्रगतिशील तथा प्रगतिवादी धाराको जन्म र विकासका लागि प्रथम तथा द्वितीय विश्वयुद्धको प्रक्रियामा विश्वमा परिघटित विभिन्न ऐतिहासिक घटना प्रक्रिया, रुसी अक्टुबर समाजवादी क्रान्ति, जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलनहरू, चीनको नयाँ जनवादी क्रान्ति, भारतमा भएको तेलङ्गाना सशस्त्र सङ्घर्ष तथा ब्रिटिश साम्राज्यवादविरोधी आन्दोलन, माक्र्सवाद–लेनिनवादको प्रभाव, ने.का.लगायत विभिन्न राजनीतिक दलहरूको गठन, २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना, राणा शासनको अन्त्य, बहुदलीय व्यवस्थाको आगमन, नेपालमै विकसित सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादविरोधी सङ्घर्ष लगायतका परिघटनाहरूको उल्लेखनीय भूमिका रहेको छ । 
नेपालजस्तो अद्र्घसामन्ती, अद्र्घऔपनिवेशिक तथा नवऔपनिवेशिक मुलुकमा सामन्तवाद तथा साम्राज्यवाद÷विस्तारवादको विरोध र राष्ट्रियता, जनतन्त्र तथा वैज्ञानिक संस्कृतिको पक्षमा सङ्घर्षरत रहनु नै प्रगतिशील लेखक सङ्घको उद्देश्य रहेको छ । त्यसप्रकारको उद्देश्य हासिल गर्नका लागि प्रलेसले विचार तथा विश्वदृष्टिकोण, सङ्गठन, सिर्जना र आन्दोलनको क्षेत्रमा क्रियाशील रहने नीति अवलम्बन गर्दै आएको छ । प्रलेस त्यसप्रकारको उद्देश्य र नीतिअनुरूप अगाडि बढ्ने प्रक्रियामा के कति सफलता हासिल गर्न समर्थ रह्यो भन्ने कुराको मूल्याङ्कन गर्नु नै प्रलेसका ६ दशकको सङ्क्षिप्त सिंहावलोकन गर्नुको मूल अभीष्ट हो । यद्यपि यसप्रकारको भूमिकाको समग्र मूल्याङ्कन गर्नु अत्यन्तै जटिल तथा अप्ठेरो विषय हो र त्यो यहाँ सम्भव छैन । तर पनि त्यसबारे यथाशक्य प्रयत्नशील रहनु प्रस्तुत लेखको मूल उद्देश्य रहेको छ ।

२. ऐतिहासिक/साङ्गठनिक सन्दर्भ
प्रलेसको ऐतिहासिक यात्राको विकास प्रक्रियालाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ :

(क) प्रारम्भिक अवधि – (२००९–२०१५) 
२००९ साल असोज ५ गते बिरगंजमा प्रगतिशील साहित्यकार तथा राजनीतिक व्यक्तित्वहरू सम्मिलित एउटा भेलाद्वारा श्यामप्रसाद शर्माको अध्यक्षतामा महासचिव रत्नदास वैद्य, कोषाध्यक्ष देवीप्रसाद किसान आदिलाई समितिमा राखी प्रलेसको गठन गरियो । यसको मुखपत्र प्रगति त्यसै अवधिदेखि प्रकाशित हुन थाल्यो र त्यसका केही अङ्कहरू प्रकाशित भएका छन् । यस अवधिमा प्रगतिशील÷प्रगतिवादी साहित्यको विकास हुँदै गयो । 

(ख) पुनर्गठनको अवधि
२१ मंसिर २०१६ मा काठमाडौँमा प्रलेसकै निरन्तरतामा केही नाम बदली प्रगतिशील नेपाल लेखक सङ्घको गठन गरियो । यसको कार्यसमितिलाई म्यादी कार्यसमिति पनि भन्ने गरिएको छ । ताना सर्मा यसका सचिव बनाइएका छन् । अनि २० चैत्र २०१६ मा यस संस्थाको दोस्रो कार्यसमिति निर्वाचित गरियो र त्यसमा धर्मराज थापालाई अध्यक्ष बनाइयो । उनले राजीनामा दिएपश्चात् माघ ७ गने २०१७ मा तेस्रो कार्यसमितिको निर्माण गरियो । यसको अध्यक्षमा कृष्णचन्द्र सिंह प्रधान रहे । कतिपय लेखकहरूका अनुसार २०१८÷२०१९ तिर यो सङ्गठन दर्ता गरिएको थियो । परन्तु, कतिपयले त्यो होइन भनेका छन् । २०१७ साल पौषमा संसदीय व्यवस्थाको विघटन र निरङ्कुशतन्त्रको उदयको जटिल स्थितिमा त्यो सङ्घ सक्रिय रूपमा सञ्चालित हुन सकेन । प्रलेसमा पलायनवादी, आत्मसमर्पणवादी र संशोधनवादी विचलन देखापरे । यो स्वभावतः विघटित हुन पुग्यो । 

(ग) प्रलेसको विघटन र विविध साहित्यिक गतिविधि
निरङ्कुश राजतन्त्र तथा पञ्चायती शासनकालको प्रारम्भिक अवस्था अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले निकै जटिल बन्न गयो । त्यसबेला प्रलेस विघटित भएपनि श्यामप्रसाद शर्मा, गोविन्द भट्ट, शक्ति लम्साललगायतका लेखक–कलाकारहरूले यसप्रकारको जटिलतालाई चिर्दै अगाडि बढ्ने काममा महŒवपूर्ण भूमिका निर्वाह गरे । यस प्रक्रियामा देशभित्र र बाहिर खासगरी भारतको वनारसलगायतका ठाउँहरूमा विद्यार्थी, बुद्धिजीवी, लेखक तथा कलाकारहरूद्वारा सम्पन्न विभिन्न पत्रपत्रिकाहरूको प्रकाशन र सांस्कृतिक गतिविधि उल्लेखनीय रहेका छन् । यस सन्दर्भमा माओको साहित्य तथा कलासम्बन्धी येनान वार्ता र आधुनिक संशोधनवादविरोधी सङ्घर्षको प्रभाव पनि विशेष ध्यान दिन योग्य छ । 
यहाँनेर चैतन्यद्वारा रचित –“नेपाली प्रगतिवादी कवितामा क्रान्ति र कलाको सङ्गति” शीर्षक लेखमा उल्लेख गरिएका निम्न भनाइ ध्यान दिन योग्य छन् : “देशमा विद्यार्थी आन्दोलन तथा अन्य जनसङ्घर्ष, माओको पथ प्रदर्शनमा आधुनिक संशोधनवादविरोधी सङ्घर्ष तथा महान् सर्वहारा सांस्कृतिक क्रान्ति, दक्षिणपन्थी संशोधनवादविरोधी सङ्घर्षजस्ता घटनाबाट ऊर्जा प्राप्त गर्दै प्रगतिवादी साहित्य नयाँ ढङ्गले विकसित हुन थाल्यो । यस सन्दर्भमा मेची अञ्चलस्तरीय साहित्य सम्मेलन (२०२५), गण्डकी अञ्चलस्तरीय साहित्य सम्मलेन (२०२९) र धरान प्रगतिशील लेखक सङ्घको स्थापना तथा त्यसको घोषणापत्र, विधान (२०२९) उल्लेखनीय रहेका छन् । धरान प्रलेसले आफ्नो उद्देश्यमा सामन्तवाद, साम्राज्यवादका साथै संशोधनवाद, सामाजिक साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्नुपर्ने कुराको उल्लेख गरेर अत्यन्तै महŒवपूर्ण भूमिका खेल्यो । यसै क्रममा सम्पन्न पुष्पलाल समूहको तेस्रो सम्मेलन तथा त्यसको पहलमा निर्मित नयाँ जनवादी सांस्कृतिक मोर्चा र त्यसको नयाँ जनवादी सांस्कृतिक दस्तावेज (२०२८), भारतीय नक्सलवारी सशस्त्र सङ्घर्ष तथा झापा विद्रोह (२०२८), नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन (२०३१) तथा त्यसको पहलमा निर्मित अखिल नेपाल जनसांस्कृतिक सङ्घ (२०३७) र अन्य तमाम वामपन्थीहरूद्वारा सम्पन्न सांस्कृतिक गतिविधिका बीचबाट थप ऊर्जा प्राप्त गर्दै प्रगतिवादी कविता सशक्त बन्दै अघि बढ्यो ।” (चैतन्य ः क्रान्ति र सौन्दर्य, पृ.१८३, प्रगतिशील अध्ययन केन्द्र, काठमाडौँ, २०६४) ।” यो कुरा प्रगतिशील तथा प्रगतिवादी साहित्य, संस्कृति तथा कला सबै क्षेत्रमा लागु हुन्छ । 

(घ) प्रलेकको अवधि 

देशमा पञ्चायती शासन व्यवस्थाको विरोधमा जनआन्दोलन विकसित हुँदै गयो । प्रगतिशील तथा प्रगतिवादी साहित्यिक गतिविधि विकसित हुँदै तथा बढ्दै गए । यसै प्रक्रियामा २०३६ मंसिर ७ मा पद्मरत्न तुलाधरको सभापतित्वमा एक सभाको आयोजना गरी प्रगतिशील लेखक कलाकार सङ्घको पुनर्गठन गरियो । पुनर्गठित समितिको नाम राष्ट्रिय सम्मेलन तयारी समिति राखियो र त्यसको संयोजक रघु पन्तलाई बनाइयो । यस प्रक्रियामा एउटा अपिल प्रकाशित गरियो । सम्मेलनका लागि अञ्चल स्तरीय कमिटीहरू गठन गर्ने निर्णय लिइयो । प्रलेक सङ्घको विधान–२०३९ तयार पारियो । प्रगतिशील लेखक÷कलाकारहरूका साङ्गठनिक, साहित्यिक तथा सांस्कृतिक गतिविधि विकसित हुँदै गए । २०३६÷२०३७ को ऐतिहासिक जनआन्दोलनदेखि २०४४ सम्मको अवधि प्रगतिशील तथा प्रगतिवादी साहित्य तथा कलाको विकासका दृष्टिले निकै उर्वर बन्दैगएको पाइन्छ । 

(ङ) प्रलेस : विभिन्न सम्मेलनहरू – 
प्रलेकबाट प्रलेस बन्न केही समय लाग्यो । प्रलेक सङ्घलाई प्रलेस बनाउने र कलाकारहरूको छुट्टै सङ्गठन निर्माण गर्ने समझदारी बनाइयो । प्रलेसका राष्ट्रिय सम्मेलन तथा मूल नेतृत्वको स्थिति यसप्रकार रहेको छ :

(अ)  प्रथम राष्ट्रिय सम्मेलन (२०४४) पुष १८ गते काठमाडौँ । अध्यक्ष : रमेश विकल, उपाध्यक्षः शक्ति लम्साल, महासचिव – मोदनाथ प्रश्रितसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को निर्माण ।

(आ) द्वितीय राष्ट्रिय सम्मेलन (२०४८ असोज ५) । अध्यक्ष : श्यामप्रसाद शर्मा, उपाध्यक्षः गंगाप्रसाद उप्रेती, महासचिव : खगेन्द्र सङ्ग्रौला, सचिव : राजेन्द्र सुवेदी, कोषाध्यक्षः हरिगोविन्द लुँइटेलसहित केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समितिको गठन ।

(इ)  तेस्रो राष्ट्रिय सम्मेलन (२०५० पुष १६÷१७) । अध्यक्ष : श्यामप्रसाद, महासचिवः निनु चापागाईं, उपाध्यक्ष : रामहरि पौडेल, सचिव : विष्णु प्रभात, कोषाध्यक्ष : ताराकान्त पाण्डेयसहितको केन्द्रीय समिति र राष्ट्रिय परिषद्को निर्माण ।

(ई)  चौथो राष्ट्रिय सम्मेलन (२०५२ फागुन ११÷१२) । अध्यक्ष : गोविन्द भट्ट, उपाध्यक्षः विमल निभा, महासचिव ः गंगाप्रसाद उप्रेती, सचिव : विष्णु प्रभात, कोषाध्यक्षः मोहन दुवाल आदि रहेको केन्द्रीय समितिका साथै राष्ट्रिय परिषद्को पनि निर्माण । केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्को निर्माणमा राष्ट्रिय जनसांस्कृतिक मञ्चसन्निकट लेखकहरूको एक्लौटी नेतृत्व कायम गरिएको र साझा सहमति तोडिएको आदि कारण देखाई नेपाल जनसांस्कृतिक सङ्घ, इन्द्रेणी सांस्कृतिक समाज, रक्तिम सांस्कृतिक परिवार, जनकला सिर्जन समाज, प्रतिभा प्रवाहसित सम्बद्ध निनु चापागाईं, जगदीशचन्द्र भण्डारी, कृष्ण सेन इच्छुकलगायतका साहित्यकारहरूद्वारा सम्मलेनको बहिष्कार ।

(उ)  पाँचौँ राष्ट्रिय सम्मेलन (२०५६ फागुन ११÷१२) । अध्यक्ष : निनु चापागाईं, उपाध्यक्षः घनश्याम ढकाल, महासचिव : जीवेन्द्र देव गिरी, सचिव : केशव नेपाल, कोषाध्यक्ष : नरनाथ लुइँटेलसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को पनि निर्माण ।

(ऊ)  छैटौँ राष्ट्रिय सम्मेलन (२०५९ फागुन २४÷२५) । अध्यक्ष : आनन्द देव भट्ट, उपाध्यक्ष ःरुद्र खरेल, महासचिव : घनश्याम ढकाल, सचिव : रमेश भट्टराई, कोषाध्यक्ष मातृका पोखरेलसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को निर्माण ।

(ए)  सातौँ राष्ट्रिय सम्मेलन (२०६३ जेठ २८-२९) । अध्यक्ष : निनु चापागाईं, उपाध्यक्षः सुधा त्रिपाठी तथा हरिगोविन्द लुइँटेल, महासचिव : अमर गिरी, सचिव : मातृका पोखरेल, कोषाध्यक्ष : गोपाल ठाकुरसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को पनि निर्माण ।

(ऐ)  आठौँ राष्ट्रिय सम्मेलन (२०६६ जेठ २३-२४) । अध्यक्ष : घनश्याम ढकाल, उपाध्यक्षहरू : कुन्ता शर्मा, हरिहर खनाल, अनिरुद्ध तिम्सिना, रामप्रसाद प्रदीप, भिक्टर प्रधान, महासचिव : गोपाल ठाकुरसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को निर्माण ।

(ओ) नवौँ राष्ट्रिय सम्मलेन (२०६९ चैत्र ३०-३१) । अध्यक्ष : अमर गिरी, उपाध्यक्षहरू : मातृका पोखरेल, हीरामणि दुःखी, सत्य पहाडी, गोपाल ठाकुर, शशिधर भण्डारी, महासचिव : मित्रलाल पंज्ञानी, सचिव : आर एम डङ्गोल, कोषाध्यक्ष : विष्णु भण्डारीसहित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को पनि गठन ।

प्रलेस विभिन्न जिल्लाहरूमा फैलंदै गएको छ । स्थानीय रूपमा प्रलेसका जिल्ला समितिहरू बनेका छन् । कैयौँले मुखपत्र पनि निकालेका छन् र विविध साहित्यिक गतिविधिहरू पनि सम्पन्न हुँदै आएका छन् ।

३. दृष्टिकोण, उद्देश्य र मान्यता
आफ्ना मुखपत्र, विधान तथा प्रतिवेदन र प्रकाशनहरूमा प्रलेसका दृष्टिकोण, उद्देश्य र मान्यताबारे उल्लेख गरिएको पाइन्छ । यस सन्दर्भमा निम्न विषयमा ध्यान दिन जरुरी छ :

प्रगतिशील लेखक सङ्घको प्रारम्भिक कालको मुखपत्र प्रगति हो । त्यसमा प्रगतिशील लेखक सङ्घका विचार पाइन्छन् । प्रारम्भमा प्रलेसद्वारा प्रकाशित – श्यामप्रसाद शर्माको –“लेखक कसरी बन्ने ?” शीर्षक पुस्तिकालाई प्रलेसको निर्देशिकाका रूपमा लिइएको थियो । त्यसमा प्रगतिवाद यथार्थ जीवनसित सम्बन्ध राख्तछ, प्रगतिशील साहित्य अन्यायका विरुद्ध आवाज बुलन्द गर्दछ, साहित्यको आत्मा त्यसको विषयवस्तु हो, शब्द विन्यास त पोशाक हुन् आदि भनिएको छ । त्यसमा अगाडि बताइएको छ –“आजका नेपाली जन–साहित्यकारहरूले साम्राज्यवादी हस्तक्षेप र देशी प्रतिक्रियात्मक शक्तिहरूको विरोधमा आफ्नो जनतासित एक भएर जुध्नुपर्दछ ।” (पृष्ठ १४, दोस्रो संस्करण, कल्पवृक्ष प्रकाशन, काठमाडौँ नेपाल, २०४७) । उक्त भनाइबाट प्रलेस सामन्तवाद÷साम्राज्यवादविरोधी साहित्यकारहरूको संस्था हो भन्ने बुझिन आउँछ ।

प्रगतिशील लेखक सङ्घको निरन्तरतामा काठमाडौँमा २०१६ मा प्रगतिशील नेपाल लेखक सङ्घ बनेपछि त्यसद्वारा सञ्चालित गतिविधिबारे “साहित्य” पत्रिकामा जानकारी गराइन्थ्यो । “साहित्य” को पहिलो वर्ष, पहिलो अङ्क २०१६ पुस–माघका अनुसार – सामन्तवाद र साम्राज्यवादको विरोध गर्ने नेपालका जो लेखक पनि भर्ना तिरो एक रुपियाँ र बर्सेनी तिरो दुई रुपियाँ दिएर सदस्य हुन सक्छन् । उक्त कुराबाट के बुझिन आउँछ भने प्रगतिशील नेपाल लेखक सङ्घ सामन्तवाद तथा साम्राज्यविरोधी लेखकहरूको साझा संस्था हो ।
प्रगतिशील लेखक कलाकार सङ्घ तयारी समितिको – २०३६ मंसिर आठमा प्रकाशित अपीलमा भनिएको छ –“अन्तर्राष्ट्रिय षड्यन्त्रमा सामाजिक साम्राज्यवादी, साम्राज्यवादी र विस्तारवादीहरूको प्रतिस्पर्धा बढ्दो छ भने देशको प्रतिक्रियावादी सामन्ती शक्ति यसैलाई टेवा दिइरहेछ ।” (प्रलेसको सङ्क्षिप्त इतिहास, विष्णु प्रभात, पृष्ठ ८२) । त्यसमा प्रलेसको उद्देश्यका रूपमा –“साम्राज्यवादी, सामन्तवादी र प्रतिक्रियावादी साहित्य, संस्कृति र कलाको प्रभावबाट जनतालाई मुक्त पार्न” आवश्यक भएको कुरा उल्लेख गरिएको छ । यसैगरी प्रलेसको २०३९ को विधानमा –“प्रगतिशील लेखक–कलाकार सङ्घ सामन्तवाद तथा साम्राज्यवादविरोधी सम्पूर्ण लेखक कलाकारहरूको साझा र स्वतन्त्र सङ्गठन हो” भनिएको छ । (उक्त, पृष्ठ ८७) ।

२०४४ सालमा सम्पन्न प्रगतिशील लेखक सङ्घको पहिलो सम्मेलनमा पारित प्रस्तावमा –“द्वन्द्वात्मक भौतिकवादी र वैज्ञानिक समाजवादी धारणाहरूको उदयपछि समाजवादी यथार्थवादको उदय” भएको कुरा उल्लेख गर्दै साहित्यको वर्गीय स्वरूप, प्रगतिशील तथा प्रगतिवादी लेखकहरूको श्रम तथा श्रमजीवी जनताको पक्ष र दुश्मनहरूको विपक्षमा लिनुपर्ने अडानबारे प्रष्ट पारिएको छ । सो प्रस्तावमा –“सामन्ती दर्शन, अन्धविश्वास, कुरीति, भाग्यवाद, परलोकवादजस्ता सामन्ती अवशेष र हाम्रो देश र समाजलाई हानि पु¥याउने पतनशील पुँजीवादका व्यक्तिवाद, छाडावाद, पश्चिमी दासमनोवृत्तिजस्ता कुराको विरुद्ध प्रगतिवादी सांस्कृतिक आन्दोलनलाई दीर्घकालीन रूपले चलाइरहने” कुरा बताइएको छ । त्यसैगरी सो प्रस्तावमा –“सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद र सबैखाले प्रतिक्रियावादका विरुद्ध र पूर्ण जनवाद, समाजवाद, अन्तर्राष्ट्रिय श्रमिक भाइचारा, विभिन्न देशहरूका स्वतन्त्रता र सार्वभौमिकताको रक्षा, अनाक्रमण, अहस्तक्षेप एवम् संसारका जनताले चलाएका न्यायपूर्ण सङ्घर्ष र क्रान्तिहरूको पक्ष र समर्थनमा साहित्य र कलाको माध्यमबाट आन्दोलन चलाइरहने” समेत भनी उल्लेख गरिएको छ । (कार्यपत्र, पृ.२०, २०४४) । यसैगरी सो प्रस्तावमा –“सबै जाति, जनजाति र तिनका भाषा–संस्कृतिहरूको न्यायपूर्ण समान अधिकारको पक्षमा प्रवृत्त रहने” कुरा पनि बताइएको छ । (उक्त) । उक्त उद्धरणहरूमा २०३६÷०३७ को ऐतिहासिक जनआन्दोलनको आँधिबेरीका बीचबाट हुर्किदै तथा विकसित हुँदैआएको प्रलेसका सैद्धान्तिक, वैचारिक तथा साङ्गठनिक मान्यता अत्यन्तै प्रष्ट रूपमा अभिव्यक्त भएका छन् ।

२०४८ मा सम्पन्न प्रलेसको दोस्रो राष्ट्रिय सम्मेलनमा पारित प्रतिवेदनमा “जनआन्दोलन सम्झौतामा टुङ्गिएपछि जनताले आफ्नो चाहना आंशिक रूपमा पनि पूरा भएका अनुभव गर्न सकेन” भन्ने कुराको उल्लेख गरिएको छ । निष्कर्षमा भनिएको छ –“तसर्थ, जनआन्दोलनको अपूर्ण अन्त्य र जनआकाङ्क्षामाथिको आघातप्रति लेखकहरूले आक्रोश प्रकट गर्नु मनासिप हो । साहित्यमा देखापरेको यो आक्रोश लेखकको उच्च संवेदनाको प्रतीक हो र चेतनाको यसै विन्दुमा उभिएर साहित्यिक आन्दोलनलाई अघि बढाउनु इतिहासले प्रलेसलाई सुम्पेको दायित्व हो ।” (प्रगतिवाद–हिजो र आजः प्रलेस, वर्ष १, अंक १, २०४९ असोज, पृष्ठ ६) । २०४६ को ऐतिहासिक जनआन्दोलनका बीचबाट निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यपछि सम्पन्न उक्त सम्मेलनका यी अभिव्यक्ति वस्तुवादी तथा सही नै रहेका छन् । सोही प्रतिवेदनमा एकातिर “समाजवादको नक्कली झण्डामुनि सञ्चालित सोभियत सङ्घको नोकरशाही पुँजीवादी सत्ता” को विरोध र अर्कोतिर “द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण” को पक्षपोषण गरिएको छ । 
प्रलेस पूर्णाङ्क ७ को सम्पादकीयमा भनिएको छ –“माक्र्सले हाम्रो भूमण्डलको समाज, अर्थतन्त्र, राजनीति र दर्शनको विवेचना थालेपछि, एङ्गेल्सले यथार्थवादको माग प्रतिनिधिपरिवेश र पात्रको स्थापना हो भन्दै कलाचर्चा गरेपछि र लेनिनले कला–साहित्यलाई परिवर्तनकारी आन्दोलनको दाँती र पेँचकीलाका रूपमा तुलना गरेपछि थुप्रै यथार्थवादी लेखकहरूले आफूलाई प्रगतिवादका गतिशील प्रवाहमा सामेल गरेका थिए ।” (पूर्णाङ्क ७, माघ–चैत्र २०५३) । यहाँ प्रगतिवाद÷प्रगतिशीलतालाई माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको आलोकमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । यस सम्पादकीयको शीर्षक “कला–साहित्य पनि कार्यनीतिविहीन हुँदैन” भन्ने रहेको छ । त्यसमा –“कसका लागि किन लेख्ने ? कसरी लेख्ने ? कुन बेलामा कसलाई प्रहार गर्ने र कसको प्रशंसा वा निन्दा गर्ने ? भन्ने प्रश्न”लाई सशक्त रूपमा उठाई साहित्य र कलाको पनि रणनीति र कार्यनीति हुने कुरामाथि राम्रो प्रकाश पारिएको छ । यहाँ साहित्य र कलाको रणनीति र कार्यनीतिको उल्लेख गर्दा स्तालिन र माओको पनि चर्चा गरिएको छ । माओका भनाइको उल्लेख गर्दै भनिएको छ –“क्रान्तिकारी संस्कृति व्यापक जनसमुदायका निम्ति एउटा बलियो क्रान्तिकारी हतियार हो । यसले क्रान्तिअघि विचारधारात्मक आधार तयार पार्दछ र क्रान्तिकालमा व्यापक जनताको लडाकु मोर्चाअन्तर्गत् एउटा महŒवपूर्ण सांस्कृतिक मोर्चाको रूपमा रहन्छ भन्ने माओत्सेतुङ्गको भनाइले पनि कला–साहित्यको कार्यनीतिक पक्षलाई नै सङ्केत गर्दछ । संयुक्त मोर्चा वा साझा मञ्चको धारणा स्वयम् कार्यनीतिको विषय हो ।” (उक्त) । यी भनाइ विशेष मननीय रहेका छन् ।

प्रलेसको पाँचौँ राष्ट्रिय सम्मेलनमा पारित विधानमा भनिएको छ –“साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको आमूल रूपान्तरणका निम्ति सहयोग पु¥याउनुपर्छ भन्ने चिन्तन राखी वर्ग विभक्त समाजमा वर्गसङ्घर्षलाई प्रमुख कारक एवम् प्रेरक तत्व ठान्ने र श्रमिक वर्गलाई सम्पूर्ण भौतिक तथा भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्य चिन्तनका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने र आमूल परिवर्तनका पक्षधर समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व गर्ने साङ्गठनिक रूपमा प्रतिबद्ध तथा अप्रतिबद्ध समेत रहेका साहित्य–सर्जकहरूको संयुक्त मञ्चका रूपमा विद्यमान राष्ट्रियस्तरको सङ्गठन नै प्रगतिशील लेखक सङ्घ हो ।” (प्रलेस, पूर्णाङ्क ११, २०५७) । यहाँ प्रलेसको वैचारिक, सांस्कृतिक तथा सौन्दर्यपरक दृष्टिले लेखकीय तथा साङ्गठनिक मान्यताबारे सुस्पष्ट रूपमा उल्लेख गरिएको छ ।

सातौँ सम्मेलनमा पारित विधानमा –“विद्यमान सामन्ती तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध सङ्घर्ष गर्दै मौलिक, राष्ट्रिय तथा नयाँ जनवादी संस्कृतिको योजनाबद्ध निर्माणका साथै मुलुकको जनगणतान्त्रिक रूपान्तरणका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय रहने” भनी उल्लेख गरिएको छ । (प्रलेस, पूर्णाङ्क १५, पृष्ठ ७०, माघ २०६३) । यसप्रकारको मान्यतामाथि ध्यान दिंदा प्रलेस नयाँ जनवादी संस्कृति र जनगणतन्त्र नेपालको पक्षमा रहेको देखिन्छ । 
प्रलेस पूर्णाङ्क २० को सम्पादकीयमा भनिएको छ –“उत्तरआधुनिकतावाद, उत्तरसंरचनावादलगायत विभिन्न आधुनिकतावादी धाराहरूका विरुद्ध सशक्त वैचारिक सङ्घर्ष नगरी प्रगतिवादी साहित्यिक आन्दोलनलाई बलियो एवम् प्रभावकारी बनाउन सम्भव छैन । भूमण्डीकरण, नवउदारवाद र उपभोक्तावाद विरुद्धको सङ्घर्षलाई पनि यसैसँग जोडेर अघि बढाउन आवश्यक छ ।” (पूर्णाङ्क २०, जेठ २०७०) । यहाँ प्रलेस उत्तरआधुनिकतावाद, उत्तरसंरचनावाद तथा सबै खाले बुर्जुवा आधुनिकतावादको विरोध र प्रगतिवादको पक्षमा सशक्त रूपमा उभिन पुगेको छ ।

सातौँ राष्ट्रिय सम्मेलनमा पारित प्रतिवेदनमा भनिएको छ –“अहिले सिर्जनशील एवम् सौन्दर्यशास्त्रीय बहसलाई व्यापक बनाउँदै स्रष्टाहरूलाई लोकतान्त्रिक गणतन्त्रको सांस्कृतिक धारमा गोलबन्द गरी सुन्दरभन्दा सुन्दर कृतिहरूको सिर्जना गर्न अभिप्रेरित गर्ने कार्य नै प्रलेसको तात्कालिक कार्यदिशा हो । यसले मात्र जनगणतन्त्रको भावी दिशालाई सुनिश्चित गर्दछ । (पूर्णाङ्क–१५, माघ २०६३, पृष्ठ ६६) । यहाँ वामपन्थी पार्टीहरूले लोकतान्त्रिक गणतन्त्रलाई अङ्गीकार गरेको स्थितिमा प्रगतिशील लेखकहरू पनि तदनुरूप नै अगाडि बढेको देखिन्छ ।

प्रलेसको नवौँ राष्ट्रिय सम्मेलनमा पारित प्रतिवेदनमा भनिएको छ –“प्रलेस सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, प्रभुत्ववादविरोधी स्रष्टाहरूको साझा संस्था हो । यो यसको न्यूनतम वैचारिक एवम् नीतिगत आधार हो । प्रगतिशील दृष्टिकोण राख्ने स्रष्टाहरूदेखि समाजवादी यथार्थवादलाई अँगाल्ने प्रगतिवादी स्रष्टाहरूसमेत यसमा प्रतिबद्ध रहँदै आएका छन् । वामपन्थी पार्टीहरूमा साङ्गठनिक रूपमा प्रतिबद्ध र स्वतन्त्र दुवै किसिमका स्रष्टाहरू यससँग जोडिएका छन् । सामन्तवाद र साम्राज्यवादविरोधी स्रष्टाहरूको एक बृहत् मोर्चाका रूपमा विगतदेखि यसले निर्वाह गर्दै आएको भूमिका उल्लेखनीय रहेको छ ।” (प्रलेस, पूर्णाङ्क २०, जेठ २०७०) । यहाँ प्रलेसको अवधारणालाई अत्यन्तै सुस्पष्ट रूपमा उल्लेख गरिएको छ । प्रगतिशील÷प्रगतिवादी÷समाजवादी यथार्थवाद, प्रतिबद्ध र स्वतन्त्रजस्ता अवधारणप्रति पनि प्रलेस सजग रहेको छ ।

४. विविध चिन्तन तथा प्रवृत्तिका बीच वैचारिक सङ्घर्ष
प्रगतिशील लेखक सङ्घ आफ्नो जन्मकालदेखि नै बाह्य र आन्तरिक दुवै क्षेत्रमा विभिन्न गलत चिन्तन र प्रवृत्तिका विरुद्ध सङ्घर्षरत रहिआएको देखिन्छ । ‘प्रगति’ का विभिन्न अङ्कहरूमा यसप्रकारको सङ्घर्षलाई देख्न सकिन्छ । ‘प्रगति’ मा प्रगतिशील मात्र होइन, प्रतिधु्रवीय धाराका लेखकहरूलाई पनि स्थान दिइएको छ । साहित्य र राजनीतिका बीचको सम्बन्धलाई लिएर ईश्वर बराल र कृष्ण चन्द्र सिंह प्रधानका बीच चलेको वैचारिक सङ्घर्ष यस सन्दर्भमा उल्लेखनीय रहेको छ ।

सोही अवधिमा प्रगतिशील खेमाबाट प्रकाशित –“कामरेड, जाने होइन ?” शीर्षक कथासङ्ग्रहका कथाहरूबारे प्रतिक्रिया व्यक्त गदै श्यामप्रसाद शर्मा भन्दछन्– “साहित्यलाई राजनीतिको विज्ञापन मात्र बनाउन हुँदैन । हाम्रा नयाँ प्रकाशनहरूमध्ये कहानी–सङ्ग्रह “कामरेड, जाने होइन ?” साहित्यिक कृति नभएर राजनीतिको इस्तिहार बन्न गएको छ ।” (लेखक कसरी बन्ने ? उक्त, पृष्ठ १५) । यहाँ श्यामप्रसादको जोड साहित्य बढी कलात्मक हुनुपर्छ भन्ने कुरामा रहेको देखिन्छ ।

२०१५ सालतिर कृष्णचन्द्र सिंह प्रधान रचित “कवि व्यथित र काव्य साधना” मा व्यथितलाई समाजवादी बताइएको छ । त्यसको विरोधमा श्यामप्रसादले व्यथितलाई समाजवादी होइन, प्रगतिशील मान्न सकिने कुरा बताइएका छन् । (श्यामप्रसाद शर्मा : केही साहित्यकार र साहित्य, पृ.२०- प्रकाशक विनोद अधिकारी, २०३६) ।

पुष्पलाल समूहद्वारा २०१४ तिर नेपाल कम्युनिस्ट पार्टीमा संशोधनवाद पैदा भएको र त्यो जनवादी साहित्यिक क्षेत्रमा देखापरेको कुरा उल्लेख गरिएको छ । त्यसप्रकारका साहित्यकारहरूमा ताना सर्मा, कृष्ण चन्द्र सिंह प्रधान, धर्मराज थापा आदिको नाम उल्लेख गरिएको छ । “नयाँ जनवादी संस्कृति” (२०२८) ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एकातिर खु्रस्चेभको आधुनिक संशोधनवाद पैदा भयो भने अर्कोतिर त्यसको विरोधमा माओको नेतृत्वमा माक्र्सवाद–लेनिनवाद–माओविचार विकसित हुन पुग्यो । यसै प्रक्रियामा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो । यी सबै कुराबाट नेपाली वामपन्थी आन्दोलन तथा सांस्कृतिक आन्दोलन पनि प्रभावित बन्न पुग्यो । नेपालमा माओ विचार र नयाँ जनवादलाई मान्ने वामपन्थी धारा सशक्त रूपमा विकसित भयो । यसै क्रममा प्रलेसमा पनि नयाँ प्रकारका बहस र विवाद प्रकट हुँदै गए ।

चीनमा माओ त्से तुङ्गको निधनपश्चात् चीन समाजवादी हो वा होइन भन्नेबारे सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलन, सांस्कृतिक आन्दोलन र प्रलेसमा पनि बहसको विषय बन्न गयो । त्यस स्थितिमा प्रलेस यसप्रकारको विवादमा जान नहुने निर्णय लिन पुग्यो । यसले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा निकै दूरगामी प्रभाव पारेको छ ।

२०४६ को ऐतिहासिक जनआन्दोलन, निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त र बहुदलीय व्यवस्थाको पुनःस्थापनापश्चात् नेपाली वामपन्थी आन्दोलनमा बहुदलीय जनवादी धारा देखाप¥यो । यसै क्रममा नेकपा (माओवादी) ले माओविचारका ठाउँमा माओवाद पदावली प्रयोग ग¥यो र माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा स्वीकार्न पुग्यो । त्यस स्थितिमा एकातिर माओवाद÷माओविचार तथा नयाँ जनवाद र अर्कोतिर तिनको विरोधमा बहुदलीय जनवादलाई मान्ने दुई धाराका बीच गम्भीर विवाद पैदा भयो र यी सबै कुराको असर सांस्कृतिक आन्दोलनसहित प्रलेसमा पनि पर्न गयो ।

२०५२ सालमा नेकपा (माओवादी) द्वारा महान् जनयुद्धको सञ्चालन गरियो । त्यसले नेपाली साहित्य, कला र संस्कृतिको क्षेत्रमा नयाँ धक्का दियो । यस प्रक्रियामा नेपाली साहित्यिक तथा सांस्कृतिक आन्दोलनमा जनयुद्धको पक्षधरता, विरोध र तटस्थता जस्ता प्रवृति देखा परे । यसले पनि प्रलेसमा असर पा¥यो ।

वस्तुतः प्रलेस प्रगतिशील लेखकहरूको साझा सङ्गठन हो । तेस्रो राष्ट्रिय सम्मेलनमा प्रस्तुत तथा पारित प्रतिवेदनमा भनिएको छ –“प्रगतिशील लेखक सङ्घ नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको लागि समुन्नत संस्कृतिको निर्माण गर्ने तर्फ प्रतिबद्ध व्यापक प्रगतिवादी सांस्कृतिक शिविरभित्रको एक साझा संगम थलो हो । विविध दृष्टि, चिन्तन, रुचि र शैलीहरूको उपस्थितिका कारण यो निद्र्वन्द र एकात्मक चिन्तन र शैलीयुक्त थलो कदापि हुन सक्दैन ।” (प्रलेस ः तेस्रो राष्ट्रिय सम्मेलन, अङ्क, २०५०, पृष्ठ १६) । प्रलेस आफ्नो इतिहासमा मूलतः यसै मान्यतालाई अवलम्बन गर्दैआएको छ । तसर्थ, प्रलेस एउटा साझा थलो बनेको छ र यहाँ एकता–आलोचना–एकताको मान्यता लागु गरिएको छ ।
५. विभिन्न विषयमा कार्यपत्रहरूको प्रस्तुति
‘प्रलेस’ का विभिन्न अङ्कहरूमा विभिन्न प्रकारका कार्यपत्रहरू प्रकाशित गरिएका छन् । यस प्रकारका कार्यपत्रहरू प्रलेसद्वारा आयोजित विभिन्न गोष्ठीहरू वा अन्तक्र्रिया कार्यक्रमहरूसित जोडिएका छन् । केही महŒवपूर्ण कार्यपत्रहरू यसप्रकार रहेका छन् :

(क) भाषा समस्यासित सम्बन्धित कार्यपत्र
प्रलेस — पूर्णाङ्क–१२ मा भाषा समस्यासित सम्बन्धित एघार ओटा कार्यपत्रहरू प्रकाशित भएका छन्, ती हुन् :– भाषा समस्या र समानताको प्रश्न – प्रो. माणिकलाल श्रेष्ठ, नेपालको सन्दर्भमा भाषिक समान अधिकार – मल्ल के सुन्दर, अवधि भाषा र साहित्य – विश्वनाथ पाठक, गुरुङ भाषामा प्रकाशित केही प्रगतिशील कृतिहरू – डा. गणेशमान गुरुङ, मगराती साहित्यमा प्रगतिशील पक्ष एक चर्चा – लोकबहादुर थापा मगर, नेपाल भाषामा प्रगतिशील साहित्यको स्थिति र प्रवृत्ति – पूर्ण ताम्राकार, तामाङ साहित्यको पृष्ठभूमि र प्रगतिशील साहित्य...– अमृत योन्जन÷यकिना अगाध, लिम्बू भाषामा प्रगतिशील साहित्यको सङ्क्षिप्त रेखाङ्कन.. – विजय सुब्बा, भोजपुरी प्रगतिशील साहित्य – गोपाल ठाकुर, थारु भाषामा प्रगतिशील साहित्यको अवस्था – महेश चौधरी र मैथली भाषामा प्रगतिशील साहित्यको अवस्था – धिरेन्द्र प्रेमर्षि । (प्रलेस, पूर्णाङ्क १२, वैखाश २०५९) ।

यी कार्यपत्रहरूमा नेपाल बहुजातीय तथा बहुभाषिक मुलुक भएको कुरालाई स्वीकार्दै एकातिर भाषिक भेदभावको विरोध गरिएको छ भने अर्कोतिर भाषिक समानतामा जोड दिइएको छ । साथै, नेपालका नेपाली भाषा बाहेकका अन्य भाषाहरूमा विद्यमान प्रगतिशील साहित्यको स्थितिबारे पनि अध्ययन गरिएको छ । 

(ख) साहित्यिक विधा तथा वैचारिक प्रश्नसित सम्बन्धित कार्यपत्र 
प्रलेसको पूर्णाङ्क १३ मा साहित्यका कतिपय विधाहरूबारे केही कार्यपत्रहरू प्रकाशित गरिएका छन्, ती हुन् – नेपाली प्रगतिवादी नाटक : परम्परा, विकास र सम्भावना – रमेशप्रसाद भट्टराई, नेपाली प्रगतिवादी नाटक : परम्परा, विकास र सम्भावना – कपिल लामिछाने, समकालीन प्रगतिवादी नेपाली कथाका प्रवृत्तिहरू – डा.देवीप्रसाद गौतम, सांस्कृतिक साम्राज्यवाद र जनसंस्कृतिकर्मीहरूको दायित्व – अमर गिरी, सांस्कृतिक साम्राज्यवादले नेपाली जनजीवनमा पारेको असर – डा.ऋषिराज बराल, समकालीन नेपाली प्रगतिवादी कविताका प्रवृत्तिहरू – डा.ताराकान्त पाण्डेय, समकालीन प्रगतिशील निबन्धलेखन र तिनका प्रवृत्ति – रमेश भट्टराई, समकालीन प्रगतिवादी निबन्धलेखन र त्यसका प्रवृत्तिहरू – डा.ताराकान्त पाण्डेय ।

प्रलेसको पूर्णाङ्क १४ मा – साहित्यका कतिपय विधाहरूबारे कतिपय कार्यपत्रहरू प्रकाशित गरिएका छन्, ती हुन् – प्रगतिशील नेपाली उपन्यास : परम्परा र प्रवृत्ति – राजेन्द्र सुवेदी, समकालीन प्रगतिवादी नेपाली उपन्यासका प्रवृत्तिहरू – इस्माली, समसामयिक प्रगतिशील नेपाली कवितामा दलित चेतना – डा.ताराकान्त पाण्डेय, दलित परिप्रेक्ष्य : प्रगतिवादी नेपाली आख्यानका सन्दर्भमा – रमेशप्रसाद भट्टराई, प्रगतिशील महिला लेखन : स्थिति, समस्या र सम्भावना – सुधा त्रिपाठी, उत्तरआधुनिकतावाद : भ्रम र वास्तविकता – निनु चापागाईं, उत्तरआधुनिकतावाद र यसको मूल स्वरूप – रमेशप्रसाद भट्टराई र प्रगतिवादी नेपाली समालोचनाका वर्तमान स्थिति र समस्या – डा.ताराकान्त पाण्डेय ।

प्रलेसका उक्त दुवै पूर्णाङ्क १३-१४ मा एकातिर साहित्यका विभिन्न विधाहरूमा प्रगतिशीलता÷प्रगतिवादको स्थितिलाई राम्रोसित आँकलन गरिएको छ भने अर्कोतिर सांस्कृतिक साम्राज्यवाद तथा उत्तर आधुनिकतावादबारे प्रगतिवादी कोणबाट अध्ययन तथा चिरफारको कामलाई अगाडि बढाइएको छ । 

(ग) संस्कृतिसम्बन्धी कार्यपत्र 
प्रलेस पूर्णाङ्क १६ मा संस्कृतिसम्बन्धी दुई ओटा कार्यपत्रहरू प्रकाशित गरिएका छन्, ती हुन् – सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा÷चैतन्य, सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा÷प्रदीप ज्ञवाली । (प्रलेस, पूर्णाङ्क १६, जेठ २०६६) । उक्त कार्यपत्रहरूमा नेपालको सांस्कृतिक अवस्था, रूपान्तरणको आवश्यकता र दिशाबारे भिन्न भिन्न कोणबाट प्रकाश पार्ने प्रयास गरिएको छ ।

६. विविध लेखन सन्दर्भ 
प्रलेसका कतिपय अंकहरू विविध लेखन सन्दर्भमा आधारित रहेका छन् । यस सन्दर्भमा डा. माधवप्रसाद पोखरेलको नेपालका राष्ट्रिय भाषाको महŒव ः समस्या र समाधान (प्रलेस–९), नेपालमा बहुभाषिक समस्या र त्यसको स्थायी समाधान (प्रलेस, वर्ष ४, अंक ४), मोहन विक्रमको – पैत्रिक सम्पत्तिमा महिला अधिकारको प्रश्न (प्रलेस ७), हृदयचन्द्रको विचार र दर्शन (प्रलेस ७), मोदनाथ प्रश्रितको माक्र्सवादी दर्शनको प्रारम्भिक ज्ञान (प्रलेस १७) र नेपाली इतिहासको प्रारूप (प्रलेस, वर्ष ४, अंक ५), वेदुराम भुसालको – ऐतिहासिक भौतिकवादको सम्बन्धमा (प्रलेस १६), कुलमान सिंह भण्डारीको चित्रकलामा आध्यात्मवादभित्र वर्गीय प्रभाव (प्रलेस–पूर्णाङ्क–८) र विष्णु प्रभातको व्यावसायिक सिनेमा र आजको आवश्यकता (प्रलेस, वर्ष ४, अंक ५) आदि उल्लेखनीय रहेका छन् । यी लेखहरू विविध प्रकारका देखिन्छन् र यिनमा प्रगतिशील-प्रगतिवादी कोणबाट विषयलाई स्पष्ट पार्ने प्रयास गरिएको छ ।

७. विविध विधागत सन्दर्भ 
प्रगतिशील लेखक सङ्घले आफ्ना विभिन्न साहित्यिक गतिविधिहरू र मुखपत्रहरू – प्रगति, साहित्य, प्रलेस मार्फत साहित्यका विभिन्न विधाहरूको विकासमा महŒवपूर्ण योगदान दिंदै आएको छ । यस प्रक्रियामा प्रगतिशील लेखकहरूको विशाल फौज तयार बन्दै आएको छ ।

प्रलेस, वर्ष–१, अङ्क–२, २०५० मा –“चालीसको दशकका केही प्रगतिशील कविताहरू” शीषर्कअन्तर्गत् विभिन्न प्रतिनिधिमूलक कविका प्रतिनिधिमूलक कविताहरूलाई समावेश गरी प्रकाशित गरिएको छ । ती कविहरू यी हुन् : युद्धप्रसाद मिश्र, दुर्गालाल श्रेष्ठ, पूर्णबहादुर वैद्य, पारिजात, रामचन्द्र भट्टराई, मोदनाथ प्रश्रित, रामविनय, बूँद राना, कुन्ता शर्मा, नरेश शाक्य, यज्ञराज प्रसाईं, लीला उदासी, त्रि–रत्न शाक्य, विक्रम सुब्बा, विमल निभा, पूर्ण विराम, पुरुषोत्तम सुवेदी, शोभा गौतम, मीनबहादुर विष्ट, इच्छुक, राजभाइ जकःमि, श्यामल, डा.महेश मास्के, उमेश उपाध्याय, हरिगोविन्द लुइँटेल, ईश्वरचन्द्र ज्ञवाली, अनिल पौडेल, मीन द्वन्दी, ताराकान्त पाण्डेय, मित्रलाल पंज्ञानी, गोविन्द वर्तमान, अमर गिरी, शार्दूल भट्टराई, लिखत पाण्डे, जगदीशचन्द्र भण्डारी, वासुदेव अधिकारी, राजकुमार केसी, आहुति, बलभद्र भारती, दिल साहनी, मंजुल, जनकप्रसाद हुमागाईं, रुद्र खरेल, नेत्रलाल पौडेल । यी कविहरूमध्ये कैयौँ आख्यानकार, निबन्धकार, नाटककार, समालोचक आदि पनि रहेका छन् ।

यसैगरी ‘प्रलेस’ का कतिपय अङ्कहरूमा साहित्यका विभिन्न विधाहरू – कविता, गीत तथा गजल, कथा÷लघुकथा, निबन्ध, साना नाटक, समालोचना आदि विधाहरूलाई समावेश गरिएको छ । यहाँ यस प्रकारका विभिन्न विधा र सम्बद्ध लेखकहरूबारे उल्लेख गर्न सम्भव छैन । यसलाई लेखकीय सीमाका अर्थमा ग्रहण गर्नु उपयुक्त होला ।

८. समालोचना र सौन्दर्यचिन्तन
प्रलेसले सैद्धान्तिक तथा व्यावहारिक समालोचना र सौन्दर्यचिन्तको क्षेत्रमा आवश्यक ध्यान दिंदै आएको छ । यो साहित्यका क्षेत्रमा विचारधारात्मक सङ्घर्षको क्षेत्र हो । यस क्षेत्रलाई सही ढŒ्गले अगाडि बढाउनुको अर्थ प्रलेसलाई सिर्जनाको क्षेत्रमा विचारधारात्मक रूपले नयाँ उचाइँ प्रदान गर्नु नै हुन्छ ।

प्रलेस पूर्णाङ्क – १६ मा निनु चापागाईंको साहित्यसम्बन्धी माक्र्सवादी अवधारणाहरू, ताराकान्त पाण्डेयको कविताको रचना प्रक्रिया असल सिर्जना कसरी गर्ने ? रमेश भट्टराईको कविता र यसको रचना प्रक्रिया – लगायतका अवधारणा पत्रहरू सैद्धान्तिक समालोचनासित सम्बन्धित रहेका छन् । गोविन्द भट्टको साहित्यमा विश्वदृष्टिकोणको प्रश्न – (प्रलेस–पूर्णाङ्क–६), आर पी. श्रेष्ठको कड्वेल र माक्र्सवादी समालोचना, रविलाल अधिकारीको हावर्ड फास्टका यथार्थवादसम्बन्धी मान्यता (प्रलेस–वर्ष ४, अङ्क–५), कृष्णप्रसाद पराजुलीको बाल साहित्यको यात्रा, अनुभव र अभिव्यक्ति (प्रलेस– वर्ष ४, अङ्क–४), अनिरुद्ध तिमिल्सिनाको प्रगतिवाद र यसका आधारभूत मान्यताहरू (प्रलेस–पूर्णाङ्क १०), सुकुम शर्माको – साहित्यका बारेमा (प्रलेस ९), रामप्रसाद ज्ञवालीको १९९५ का रचनामा श्यामप्रसाद (प्रलेस ७) आदि उल्लेखनीय रहेका छन् ।

व्यावहारिक समालोचनामा – दिल साहनीको जिउँदो कविको जिउँदो कविता (प्रलेस, वर्ष ४, अङ्क ४), कुलप्रसाद खनालको किसानका कवितामा क्रान्तिकारी चेतना (उक्त), नरेन्द्र चापागाईंको झिंगे माछाका कवि रामचन्द्र भट्टराईको कवित्व चेतना (प्रलेस ९) आदि स्मरणीय देखिन्छन् ।

प्रगतिशील लेखक सङ्घले प्रारम्भकालदेखि नै सौन्दर्यचिन्तनको क्षेत्रमा पनि आवश्यक ध्यान दिंदै आएको छ । प्रगति र प्रलेसमा सौन्दर्यचिन्तनसम्बन्धी लेखहरू प्रकाशित गर्ने र गोष्ठी वा अन्तक्र्रिया कार्यक्रम पनि राख्ने काम भएको पाइन्छ । २०५१ मा झापामा “माक्र्सवादी चिन्तनमा सौन्दर्य” विषयक गोष्ठी राखिएको थियो । सौन्दर्यचिन्तनसम्बन्धी लेखहरूमा गोविन्द भट्टको माओचतुङको सौन्दर्यशास्त्र र नेपाली साहित्य (प्रलेस, वर्ष ४, अंक ४), गंगाप्रसाद उप्रेतीको पारिजातको सौन्दर्यचिन्तनको विकासक्रम (प्रलेस–वर्ष ४, अङ्क ५), चैतन्यको सौन्दर्यचिन्तनबारे केही कुरा (प्रलेस, पूर्णाङ्क १७) आदि ध्यान दिन योग्य छन् ।

९. लोक साहित्य तथा लोकगीतको सन्दर्भ
प्रलेसले लोक साहित्य तथा लोक गीतको अध्ययनका लागि पनि आवश्यक स्थान दिने जमर्को गरेको छ । यस सन्दर्भमा रामहरि पौडेलको –“नेपाली लोक कथामा प्रगतिवादी तत्व”, “नेपाली लोकगीतमा प्रगतिवादी चेतना”, पूर्ण प्रकाश नेपाल यात्रीको “नेपाली लोक गाथामा प्रगतिवादी स्वर”, जीवेन्द्र देव गिरीको “नेपाली उखानमा प्रगतिवादी स्वर” उल्लेखनीय रहेका छन् । (प्रलेस–पूर्णाङ्क ८, वैशाख–जेठ–असार २०५४) । यहाँ लोक साहित्य र लोकगीतको अध्ययनमा विशेष जोड दिइएको छ ।

१०. नेपाली साहित्यका शीर्ष व्यक्तित्वहरूबारे
प्रलेसमा नेपाली प्रगतिशील तथा प्रगतिवादी साहित्यका कतिपय शीर्ष व्यक्तित्वहरूबारे विशेष ध्यान दिंदै विशेष सामग्री वा विशेषाङ्क प्रकाशित गर्दै आउने काम भएको छ । यस सन्दर्भमा केही प्रसङ्गबारे उल्लेख गर्न जरुरी छ ।

नेपाली प्रगतिवादी साहित्यको इतिहासमा कृष्णसेन ‘इच्छुक’को विशेष भूमिका रहिआएको छ । तत्कालीन नेकपा (माओवादी)द्वारा सञ्चालित महान् जनयुद्धको प्रक्रियामा वहाँको साहित्यिक तथा सांस्कृतिक व्यक्तित्वले एक उत्कर्ष प्राप्त गरेको छ । वहाँले एक उच्च सहादत प्राप्त गर्नुभएको छ । वहाँको सम्मानमा प्रलेस पूर्णाङ्क– १३ मा एउटा विशेष टिप्पणी प्रकाशित गरिएको छ । त्यसैगरी प्रलेख पूर्णाङ्क–१४ मा वहाँको सम्मान, संस्मरण र साहित्यिक विशेषताबारे उल्लेख गर्दै केही समालोचकीय लेखहरू प्रकाशित गरिएका छन् ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली साहित्यमा मात्र नभई विश्व साहित्यमा एक महान् प्रतिभाका रूपमा सम्मान व्यक्त गर्दै ‘प्रलेस’ले “वैचारिक आलोकमा देवकोटा” शीर्षकमा एउटा समालोचना ग्रन्थ – २०६७ प्रकाशित गरेको छ । यस ग्रन्थमा नेपाली प्रगतिशील तथा प्रगतिवादी शिविरका विभिन्न समालोचकहरूका समालोचनीय लेखहरूलाई समावेश गरिएको छ । यहाँ लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वलाई राम्रोसित उजागर गरिएको छ ।

नेपाली प्रगतिवादी साहित्यको इतिहासमा घनश्याम ढकालको विशेष भूमिका रहिआएको छ । वहाँ प्रगतिशील लेखक सङ्घको अध्यक्षसमेत बन्नुभएको छ । अध्यक्षको भूमिकामा रहेकै बखत वहाँको २०६८ फागुन १ मा आकस्मिक रूपमा निधन भएको छ । प्रलेसले वहाँको सम्मानमा प्रलेस – पूर्णाङ्क–१९, असोज २०६९ मा ‘घनश्याम ढकाल श्रद्धाञ्जलि विशेषाङ्क’ प्रकाशित गरेको छ । सो विशेषाङ्कमा वहाँको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै विभिन्न समीक्षकहरूद्वारा रचित महŒवपूर्ण लेख तथा समालोचनाहरू समावेश गरिएका छन् ।
११. प्रलेस आन्दोलनको क्षेत्रमा 
प्रलेसले जनवादी तथा वामपन्थी आन्दोलनमा वैचारिक मात्र होइन, साङ्गठनिक तथा भौतिक रूपमा पनि महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसैगरी प्रलेसले सामन्तवाद र साम्राज्यवाद÷विस्तारवादीविरोधी र राष्ट्रियता, जनतन्त्र तथा वैज्ञानिक संस्कृतिको पक्षमा वैचारिक तथा साङ्गठनिक÷भौतिक दृष्टिले आफ्नो क्रियाशील भूमिका खेल्दै आएको छ । यसले पञ्चायती निरङ्कुशतन्त्रको विरोधमा २०३६ र २०४६ का ऐतिहासिक जनआन्दोलनहरूमा उल्लेखनीय भूमिका खेलेको छ । त्यसैगरी महान् जनयुद्ध र जनआन्दोलनको प्रक्रियामा प्रतिगमनकारी सत्ताको दमन अभियान र सङ्कटकालको प्रक्रियामा यसले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । यस सन्दर्भमा – प्रलेसको पूर्णाङ्क १५ मा समावेश गरिएका – रमेशप्रसाद भट्टराईको लोकतान्त्रिक आन्दोलनमा प्रगतिशील लेखन सङ्घर्षको भूमिका, डा.ताराकान्त पाण्डेयको लोकतान्त्रिक गणतन्त्रमा पुग्ने माध्यम संविधानसभा लगायतका लेखहरू उल्लेखनीय रहेका छन् । यहाँ लेखकहरूद्वारा लोकतान्त्रिक गणतन्त्रबारे जुन कुरा उल्लेख गरिएको छ, त्यो लेखकीय मात्र नभई मुख्यतः वामपन्थी राजनीतिक आन्दोलनको सीमासित सम्बन्धित रहेको छ । 

१२. अभिव्यक्ति स्वतन्त्रताको प्रश्नबारे 
साहित्य, कला र राजनीतिको क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको विशेष महŒव हुन्छ । साहित्य र कलाबारे स्वतन्त्रता र प्रतिबद्धताको सौन्दर्यशास्त्रीय महŒव पनि छ । प्रलेसले ७ जेठ २०५२ मा पोखरामा “लेखकीय प्रतिबद्धता र स्वतन्त्रताबारे” गोष्ठीको आयोजना गरेको थियो र त्यसमा विभिन्न कार्यपत्र पनि प्रस्तुत भएका थिए ।

प्रलेसका तर्फबाट २०५७ वैशाख २४ मा काठमाडौँमा “जनआन्दोलनपछिका दश वर्ष र अभिव्यक्ति स्वतन्त्रता” विषयक अवधारणापत्र प्रस्तुत गरिएको थियो । यो अवधारणा पत्र – २०४७–२०५७ दश वर्षीय देशको राजनीतिक परिवेशमा आधारित थियो । यस अवधारणा पत्रमा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकअधिकार र सङ्घर्षको रूपका अर्थमा पनि ग्रहण गरिएको छ ।

 २०४७ साल यताको नेपाली कांग्रेस सरकारमा आए पछिको देशको स्थितिमाथि प्रकाश पार्दै सो अवधारणा पत्रमा भनिएको छ –“टनकपुर सन्धिको विरोध गर्दा होस् वा दासढुङ्गा हत्याकाण्डको विरोध गर्दा होस् अथवा विभिन्न वाम समूहको राष्ट्रियता र जनजीविकासम्बन्धी साझा आन्दोलनमा होस्, शान्तिपूर्ण जुलुसमा अनाहकमा मान्छेहरूले ज्यान गुमाउनुभयो । कतै कुनै पार्टीको सदस्यता लिन मञ्जुर नगरे वापत र कतै सामान्य हक – अधिकारका कुरा गर्दा नागरिकले हत्याको शिकार हुनुप¥यो । अनीश शाक्य, सम्झना दाहाल, मनोज जोशी, रीता शिल्पकार, बसिर मियाँ, मोहन पासवानलगायतका पचासौँ व्यक्तिहरूको हत्या हाम्रा आँखा अघिल्तिर भए ।” (प्रलेस, पूर्णाङ्क ११, पृ.६५) । त्यसैगरी २०५२ यताको स्थितिबारे भनिएको छ –“वि.सं २०५२ यता हत्याका श्रृङ्खलामा अझ वृद्धि भएको छ । देशको कुन भागमा कतिखेर कसको ज्यान जान्छ भन्ने कुराको टुङ्गो छैन । जनयुद्धका नाउँमा गैरकानूनी ढङ्गले ठूलो सङ्ख्यामा निहत्था जनता एवम् मस्तबहादुर विष्टलगायतका साहित्यकार–कलाकार व्यक्तिहरूको हत्या गरिएको छ । सांस्कृतिक कार्यक्रम हेरिरहेको अवस्थामा र विवाहमा जन्ती गएको बेलामा पनि नागरिकहरूले ज्यान गुमाएका छन् । सांस्कृतिककर्मीहरूमाथि विगतमा पिस्करमा भएजस्तै घटना अहिले ढाकु, खारा, भावाङ्ग आदि लगायतका देशको विभिन्न ठाउँहरूमा घटेका छन् र सांस्कृतिककर्मीहरूमाथि वक्रदृष्टि राख्ने काम अझ बढेको छ । (उक्त, ६५÷६६) । यी परिघटनाहरू महान् जनयुद्धको अवधिमा भएका सहादत, दमन र यातनासित सम्बन्धित रहेका छन् ।

यसैगरी प्रलेसद्वारा – २०५९÷०१÷१७ मा काठमाडौँमा –“वर्तमान अवस्थामा अभिव्यक्ति स्वतन्त्रता र बुद्धिजीवीहरूको भूमिका” विषयक विचार गोष्ठीको आयोजना गरियो । सो गोष्ठीमा – जीवेन्द्र देव गिरी, डा.मथुराप्रसाद श्रेष्ठ, मञ्जुश्री थापा, यादव खरेल, सिन्धुनाथ प्याकुरेल, श्याम श्रेष्ठ, निनु चापागाईं, केशव नेपाल, मल्ल के.सुन्दर, ईश्वर वल्लभ, नरहरि आचार्य, खगेन्द्र सङ्ग्रौला, मोदनाथ प्रश्रित (प्रलेस – पूर्णाङ्क–१३) लगायतका लेखक, कलाकार तथा बुद्धिजीवीहरूद्वारा आफ्ना अभिमतहरू राख्ने काम भएको थियो । सो विचार गोष्ठी माओवादीद्वारा सञ्चालित महान् जनयुद्ध र राज्यद्वारा सञ्चालित भीषण राज्य आतङ्कको सङ्कटकालीन परिवेशमा आधारित रहेको छ ।

१३. विविध 
प्रगतिशील लेखक सङ्घले आफना सम्मलेनहरूमा विधान तथा प्रतिवेदन र समसामयिक प्रस्तावहरू पारित गर्दै आएको छ । यसले विभिन्न समयमा विभिन्न वक्तव्य, विज्ञप्तिमार्फत विभिन्न विषयहरूमा आफ्ना नीति तथा धारणा सार्वजनिक गर्दै आएको छ । यसले आफ्ना मुखपत्रका रूपमा प्रगति, प्रलेक र पछिल्लो कालखण्डमा प्रलेस प्रकाशित गरेको छ ।

प्रलेस विभिन्न लेखक तथा कलाकारहरूको अभिनन्दन तथा सम्मान गर्ने, विभिन्न वैचारिक, सांस्कृतिक तथा साहित्यिक विषयबारे गोष्ठी–अन्तक्र्रिया लगायतका कामलाई अगाडि बढाउने, सिर्जनात्मक कामलाई विकसित गर्ने, सङ्गठनलाई विस्तृत बनाउँदै लग्ने आदि काम गरेर आफ्नो क्रियाशीलता तथा पहिचानलाई स्थापित तुल्याउँदै आएको पाइन्छ ।

प्रलेस अनेकौँ सम्भावना र चुनौतीका बीचबाट गुज्रिंदै आएको छ । प्रलेसका चुनौती आर्थिक समस्यासित पनि सम्बन्धित रहेका छन् । प्रलेसका आठौँ तथा नवौँ राष्ट्रिय सम्मेलनका प्रतिवेदनहरूमा आफ्नो भवन नभएको र यसले गम्भीर आर्थिक समस्या पनि झेल्दै आउनुपरेको कुरा उल्लेख गरिएको पाइन्छ । आफूलाई वामपन्थीका रूपमा प्रस्तुत गर्दै आएका शक्तिहरू सरकारमा नगएको अवस्था त एउटा हो, परन्तु उनीहरू सरकारमा गएको बेलामा पनि यसबारे आवश्यक ध्यान नदिइनु निकै गम्भीर विडम्बनाको विषय हो ।

१४. उपसंहार
प्रलेसको छ दशकको इतिहास जटिल सङ्घर्षको इतिहास हो । यसले बाह्य र आन्तरिक दुवै क्षेत्रमा विभिन्न गलत चिन्तन र प्रवृत्तिका विरुद्ध सक्दो सङ्घर्ष चलाउँदै आउनु परेको छ । यो सङ्घर्ष विचार, सिर्जना, सङ्गठन र आन्दोलनमा आधारित रहेको छ । सुरुमा प्रलेस र यसको मुखपत्र आफ्नो उद्देश्यप्रति त्यति मूर्त भएको पाइन्न । तर पनि यो सामान्यतः जनसाहित्य, प्रगतिशील, प्रगतिवादी वा यथार्थवादी साहित्यप्रति प्रतिबद्ध रहिआएको देखिन्छ । यसको मूल उद्देश्य सामन्तवाद तथा साम्राज्यवादको विरोध र राष्ट्रियता, जनतन्त्र तथा वैज्ञानिक संस्कृतिको पक्षमा साहित्यकारहरूलाई सङ्गठित तुल्याउनु, प्रगतिशील साहित्यको सिर्जना गर्नु र सो उद्देश्य प्राप्तिका लागि सङ्घर्षरत रहनु रहिआएको पाइन्छ । यस सन्दर्भमा ध्यान दिनुपर्ने विषय यी हुन् :

पहिलो :
वैचारिक क्षेत्र । प्रगतिशील लेखक सङ्घमा सिर्जनात्मक सिद्धान्त र विधिका दृष्टिले स्वःस्फूर्त तथा पुँजीवादी यथार्थवाद, आलोचनात्मक वा समाजवादी यथार्थवादलाई अंगीकार गर्ने साहित्यकारहरू सम्मिलित रहेका छन् । त्यसैगरी यसमा पथपदर्शक सिद्धान्तका दृष्टिले माक्र्सवाद–लेनिनवाद वा माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारलाई पथप्रदर्शक सिद्धान्त मान्ने वा कुनैलाई पनि नमान्ने लेखकहरू पनि रहेका छन् । अनि प्रलेस राष्ट्रियता तथा जनतन्त्र, नयाँ जनवाद, बहुदलीय जनवाद, राष्ट्रिय प्रजातन्त्र वा समाजवादलाई स्वीकार्ने विभिन्न प्रकारका राजनीतिक दलसँग सम्बद्ध वा स्वतन्त्र लेखकहरू मिलेर बनेको छ । यसरी हेर्दा प्रलेसमा विचार र विश्वदृष्टिकोणको क्षेत्रमा विविधता रहेको छ ।

दोस्रो :
साङ्गठनिक क्षेत्र । प्रलेस प्रगतिशील लेखकहरूको एउटा साझा संस्था हो । त्यसैले यो साझा वैचारिक मान्यता र एकता–आलोचना–एकताको विधिअनुसार चल्दैआएको छ । प्रलेस विभिन्न विचार, चिन्तन, रुचि र शैलीको साझा संस्था हुनुको नाताले यो सारसङ्ग्रहवादीजस्तो पनि लाग्दछ । परन्तु, प्रगतिशील साहित्यकारहरूको साझा कार्यभारहरूको संवहन र साझा हकहितको रक्षा गर्नका लागि प्रलेसले सक्दो भूमिका खेल्दै आएको छ ।

तेस्रो : 
सिर्जनाको क्षेत्र । प्रगतिशील÷प्रगतिवादी सिर्जनाको क्षेत्रमा विशाल सङ्ख्यामा साहित्यका विभिन्न विधा तथा साहित्यकारहरूको निर्माण र प्रतिध्रुवीय धाराको तुलनामा गुण तथा सङ्ख्या दुवै दृष्टिले उच्चता हासिल गर्ने अभियानमा प्रलेस समर्थ बन्दै आएको पाइन्छ ।
चौथो : 
आन्दोलनको क्षेत्र । प्रलेसले प्रतिक्रियावादी राज्यसत्ताद्वारा जनसमुदाय तथा लेखक कलाकारहरूमाथि गरिने दमनको विरोध र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सक्दो आवाज उठाउँदै आएको छ । यस सन्दर्भमा अनेकौँ गोष्ठी, विरोध प्रदर्शन र वक्तव्य दिने काम भएका छन् । यसरी प्रलेसले आन्दोलनको क्षेत्रमा पनि आफूलाई स्थापित तुल्याउँदै आएको छ ।

छ दशकको इतिहासमा प्रलेसका कैयौँ कमी तथा सीमा पनि रहन गएका छन् । प्रारम्भमा यो प्रगतिशीलता÷प्रगतिवाद, यथार्थवाद÷समाजवादी यथार्थवादबारे स्पष्ट देखिंदैन । साथै, यो कतिपय अवस्थामा प्रगतिशील र प्रतिध्रुवीय धाराबारे पनि केही भ्रमित रहेको पाइन्छ । दक्षिणपन्थी संशोधनवादका विरुद्धको विचारधारात्मक सङ्घर्षको क्षेत्रमा प्रलेस कमजोर तथा शिथिल देखिने गरेको छ । प्रलेसमा क्रियाशीलताको कमी र सुस्तता पाइने गरेका छन् । परन्तु, साझा मोर्चाको हैसियत र सीमाबद्धताको कारण प्रलेसको बढी आलोचना गर्ने स्थिति पनि देखिँदैँन । समग्रमा यसले आफ्ना कामलाई आप्mनै गतिमा अगाडि बढाउँदै आएको छ । यसलाई सकारात्मक अर्थमा ग्रहण गर्नुपर्दछ । साझा मोर्चाको रूपमा प्रलेसलाई हामीले प्रभावकारी ढङ्गले  विकसित तुल्याउँदै अगाडि बढाउन आवश्यक छ ।

प्रलेस वास्तविक अर्थमा प्रगतिको संवाहक बन्नका लागि माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादको आलोकमा सबै प्रगतिशील साहित्यकारहरूलाई समेट्दै दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद÷विस्तारवाद÷नवउपनिवेशवादका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्न आवश्यक छ । अन्त्यमा भन्नैपर्ने कुरा के छ भने आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शन र साहित्यिक संशोधनवादका विरुद्धको सङ्घर्षबिना प्रगतिवादी साहित्य, कला र संस्कृतिको विकास सम्भव छैन । यसबारे हामी गम्भीर बन्न जरुरी छ ।

प्रमुख सन्दर्भ सामग्री

विष्णु प्रभात : प्रलेसको सङ्क्षिप्त इतिहास, विवेक सिर्जनशील प्रकाशन, अनामनगर, काठमाडौँ, २०६३ । 
प्रलेस नेपालको प्रथम राष्ट्रिय सम्मेलनद्वारा पारित कार्यपत्र – (२०४४) ।
प्रलेसका कतिपय अङ्कहरू ।
वैचारिक आलोकमा महाकवि देवकोटा : सम्पादक – देवी नेपाल, प्रगतिशील लेखक सङ्घ नेपाल, २०६७ । 


==========================================

प्रगतिशील, प्रश्न र साहित्य

अभि सुवेदी

नेपालमा प्रगतिशील लेखक सङ्घका एक्सठ्ठी बर्ष पुगेछन् । बैसठ्ठी लाग्ने दिन मनाउन प्रलेसका अहिलेका अध्यक्ष साहित्यकार अमर गिरीले मलाई पनि फोनबाट निम्तो गरे । मलाई बोल्न आमन्त्रण गरेको केही नौलो लाग्यो। त्यसो त एउटा देब्रेढल्कुवा, कुनै दलस“ग तन्तु नगा“सेको प्राज्ञिक अराजक किसिमको मनुवालाई साहित्य विषयमा छलफल गर्न बोलाउनु साधारण कुरा हो । पहिलेका मेरा एकाध अनुभवको कारणले गर्दा मलाई जान मन लागेन तर यी बोलाउने मानिसको कारणले हुन्छ भने । प्रलेसका केही कार्यक्रममा पहिला पनि गएको थिए“ । अनुभवहरू छन् । त्यो एकेडेमीको हल, त्यही कोठो मेरो माक्र्सेली साहित्य डिस्कोर्सका अनुभवस“ग अनौठो किसिमले गा“सिएको छ । छयालीस सालको राजनैतिक परिवर्तनपछि एउटा साहित्यिक कार्यक्रम गरिएको थियो । त्यो प्रलेसले गरेको थियो कि थिएन, सम्झना छैन तर सबैजसो प्रलेसकै साहित्यकार थिए त्यहा“ । मलाई अमुक लेखकमाथि बोल्न लगाइएको थियो । मैले नारीहरूको पक्षमा बोलेँ । पुरुष दृष्टिबाट प्रभावित सौन्दर्यशास्त्रका वाम वा दक्षिणपन्थका विचारहरूका केही कुरा पुनरावृत्ति हुन्छन् । आन्टोनियो ग्राम्चीले भनेजस्तो हामी त्यसैलाई मानिबस्छौँ र प्रश्न गर्दैनौ । त्यसलाई उनले हेजिमोनी भने । सबैले प्रश्न नगरी कुनै कुरा मानिबस्यौँ भने त्यो कालान्तरमा नैतिकता वा इथिक्स हुन्छ । त्यसरी इथिक्स भइसकेको पुरुषप्रधान हेजिमोनीमा प्रश्न गरेँछु । म बोलेर यता हलमा आएपछि युवाहरूले घेरे । मैले भने एउटा साधारण समीक्षाको स्वतन्त्र चर्चा गर्न नमान्नेले के प्रगतिशील साहित्यकार भएर हिँड्नु । फेरि महिलाको विषयमा मैले भनेको कुरा सोच्ने विषय होइन?’ युवक सुन्न तयार भएनन् । म वाल्ल परेँ । त्यत्तिकैमा बीचमा एकेडेमीको त्यो हलमा राख्ने गरेको डल्लो कुसनमा बसेकी पारिजात ती युवकहरूमाथि गर्जिइन् । के के भनिन्, तर यसो भनेको मेरो मानसमा अहिलेसम्म पनि गुञ्जिइरहन्छ—‘अलिक ध्यान दिएर सुन । सिक्नु पनि पर्छ‘ । म निकै असमञ्जमा परेँ । ती युवक शान्त भएर भीडभित्र पसे अनि मानिसका टाउकाबीचका ससाना खाली आकासबाट मलाई युवा र केही छक्क परेका आ“खाहरूले हेरेर बसे ।
मलाई पारिजातले भनेको कुरा दायित्व हो कि कर्म हो बुभ्mन गाह्रो भयो । मैले यी युवकलाई कहा“ गएर माक्र्सेली साहित्य सिकाउनु, र यसरी सिकाउने मेरो के हैसियत? म पार्टीको नेता वा चिन्तक हु“ र । उनले नभनेको भए हुन्थ्यो जस्तो लाग्यो । तर शिक्षक मानिस, युवकहरूलाई केही कुरा भन्नु, तिनका कुरा सुन्नु मेरो कर्म हो जसले मलाई सधैँ आनन्द दिएको छ । फेरि अर्को पटक पनि अकोँ ठाउ“मा त्यस्तै अनुभव भयो । अनि लाग्यो सायद अब म यसरी बोल्ने ठाउ“मा जानु हुदैन । अनि प्रलेसका कार्यक्रमको कदाचित् निम्तो आयो भने म हातमा टोपी लिएर भाग्न थालेँ । समस्या मेरो थियो प्रलेसको होइन । तर माओबादी युवाहरू भने अनौठा मानिस निस्के । ती बोलाउ“छन् र अर्को कुरा सुन्छन् । किन बोलायौ भन्यो भने ती भन्छन्, ‘ल, विश्वविद्यालय अङ्ग्रेजी विभागमा हाम्रै विचार लिएर तपाईंस“ग थेसिस् लेख्नु हुने, माक्र्सबादी सौन्दर्यशास्त्रको अध्ययन गरेको पुगेन यो यो पढ भन्ने, माओको साहित्य र कला विषयको भाषण पढेर आओ भन्ने अनि यो कार्यक्रममा किन बोलायौ भनेर किन सोध्ने? यो प्रतिप्रश्नले म झस्किन्छु । अनि भन्छु, ‘त्यसो त माक्र्सबादको साहित्यमा धेरै व्याख्या गर्ने र तीखा समीक्षा लेख्ने लिओन् ट्राटस्की पनि हुन्, तिनलाई पढ पनि त भन्छु नि म, अनि तिमीहरूले लौ यी त संसोधनबादी माक्र्सवादी हुन् भनेका फ्रेडरिक जेमिसन्, फ्र्याङ्कफर्क स्कृ्लमा माक्र्सेलीहरू, जर्ज लुकाचका समीक्षा पनि त पढ भन्छु नि’ । अनि ती मलाई उत्तर दिंदैनन् । ‘होइन, आउनुपर्छ‘ मात्र भन्छन् । त्यही क्रममा त्यही हलमा २ बैशाख २०७०मा माओबादी समर्थक साहित्यकारहरूको निम्तोमा इच्छुकप्रतिष्ठानको छलफलमा गएको थिए“ । त्यो बहसमा उत्तरवर्ती चेतना वा पोस्टालिटीका चर्चा भए । भारतका मैनेजर पाण्डेले समकालीन सौँदर्यबोधीय संदर्भमा उत्तरआधुनिकतावाद र माक्र्सवाद विषयमा लेखे, “जो सच्चा वामपंथी हुन र उत्तर आधुनिकतावादको रहस्यमयताको असली रूपलाई जनताका सामु ल्याउ“छन् उनीहरूलाई रुढिवाद—माक्र्सवादी भनिन्छ । मलाई लाग्छ समाजमा बुनियादी परिववर्तनको निम्ति उत्तर आधुनिकतावादी—माक्र्सवादीभन्दा रुढिवादी—माक्र्सवादी अधिक उपयोगी हुन्छ” । मलाई लाग्छ भारत र नेपालमा सङ्घमा आवध्द वा बाहिरै बसेका प्रगतिशील लेखकहरूको बीचमा चलेको बहसमा यही व्दैतता छ । बहुलवादी होइन एकलवादी हुनुपर्छ प्रलेसमा भन्ने जोड भेटियो । त्यो पनि पाण्डेकै विचारले उठाएको प्रश्नस“ग जोडिएको छ ।
दर्शनमा दुईवटा कुरा हुन्छन् । एउटाले भन्छ विचार र कर्मको निदानवादी सिध्दान्त वा ‘टेलियोलोजी’ हुन्छ । अर्कोथरिको विचारले भन्छ, होइन निश्चित अन्त्य कुनै पनि विचारको हुदैन । उनीहरू आफना विचारमा ठीक छन् र दृढ छन्, मैले बुभेmँ । आफनै समयतिर फर्किन्छु । मेरो साहित्यिक यात्रामा देव्रे ढल्कुवाहरूकै प्रभाव रहेछ । सानो एघार बर्षको हु“दा मलाई पहिलो देव्रे प्रभाव परेर लेखेको कविता बल्लभमणि दाइले वाराणसीमा लगेर ‘नौलो पाइलो’ पत्रिकामा छपाइदिएछन् । तारानाथ दाइ त्यसका सम्पादक रहेछन् । मेरो जीवनको पहिलो सिर्जनाको मुद्रण पनि का“शीबाटै भएछ । पछि मैले काठमाडौमा आइ.ए.को अध्ययनको सिलसिलामा आउ“दा श्यामप्रसाद दाइ र शशिकला दिदीलाई कमलपोखरीमा गएर भेट्न थालेँ । श्यामप्रसाद शर्माको व्यक्तित्व र सरल मानवतावादी विचारले अहिले पनि मलाई छुन्छ । अनि गोविन्द प्रसाद लोहनीका गंभीर माक्र्सवादी साहित्य र दर्शनका लेखनले अत्यन्त प्रभावित भए“ । कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा, बल्लभमणि दाहाल, आनन्ददेव भट्ट र गोविन्द भट्टको प्रभावमेरो साहित्य अनुशीलनमा निकै प¥यो। तर मलाई लेख्ता जसरी मनले भन्छ त्यसरी लेख्नुपर्छ भन्ने कुराले कहिल्यै छोडेन ।साहित्यकार निरपेक्ष हुन्छ, अनि त्यो स्वतन्त्र हुन्छ भन्ने मैले उमेरले जेष्ठ भतिज साहित्यकार पुण्य सुवेदीस“ग सिकेँ । उनले मलाईसाहित्य अध्ययनको कुनै सीमा कस्नु हुदैन भन्ने सिकाए । सायद म उनकै विचार लिएर बढेँ ।
मलाई सबै साहित्यिक विचारहरूले समात्छन् तर थोरैले जित्छन् । तर जीवन सजिलो भयो । म साहित्यको शिक्षक भए“ । उच्च अध्ययन गर्ने थलोको शिक्षक भएपछि व्यापक पढेँ । क्रम जारी छ । जे पनि पढ्नुपर्छ । मलाई माक्र्सेली विचार जति दर्शन र चिन्तनमा प्रभाव पार्ने अर्को दर्शन केही छ जस्तो लाग्दैन । त्यसले सबैथरिका दर्शन र चिन्तनलाई प्रभाव पारेको छ । नेपाल एउटा मध्ययुगिन र सामन्ती समाज हो । यस समाजका चरित्रको आलोचना गर्ने, वर्ग विभेदमाथि कलम चलाएर लेख्ने वामपन्थी लेखक नै हुन् । अर्को अर्थमा नेपालमा समयलाई अगाडि लानुपर्छ भनेर वोल्ने र लेख्ने लेखकहरू प्रगतिशील हुन् । तर उनीहरूका विचारहरू दलहरूस“ग जोडिएका हुनाले तिनका समस्या पनि दलहरूस“ग जोडिएकि त । कोही पनि कम्युनिस्ट हुन वामपन्थी लेखक हुनुपर्दैन, रेमन्ड विलियम्स भन्छन् । यी दुई कुरालाई सृ्त्र बनाएपछि समस्या जन्मिन्छन् । प्रगतिशील लेखक सङ्घका समस्या विषयमा भएका बहस र यस संस्थामा नेतृत्व गरेका लेखकका विचार हेर्दा प्रलेसको समस्या भनेको आफनो एउटा परिवेशबाट बाहिर जान नचाहनु हो । ‘के गर्दैछन् वाम लेखक’ (नागरिक १४ पुस २०६९) भन्ने खगेन्द्र सङ्ग्रौलाको लेखमा यो विषय प्रष्टस“ग उठाएको पढेँ । त्यसैगरी युवा वामपन्थी कवि र सङ्गीतकार सङ्गीतश्रोताले ‘छ दशकको प्रगतिशील यात्रा’ भनेर कोसेली (५ असोज २०७०)मा लेखेको पढेपछि अरू कुरा खुले । देशभरिका ४० भन्दा बढी जिल्लामा शाखा भएको र झन्डै पा“च हजारभन्दा बढी सदस्य सङ्ख्या भएको प्रलेसलाई एक महŒवपृ्र्ण संरचना मान्नुपर्छ । तर यस सङ्ख्यामा कति दलिय लेखकहरूको संलग्नता छ भन्ने कुरा प्रलेसले नै जान्ने कुरा हो । मेरो विचारमा प्रलेसले धन्द्याउने कुरा तलका प्रश्नहरूले उजागर गर्छन्—कस्ता साहित्यकारमात्र पढ्ने भन्ने विषयमा स्थिर आधार बनाउ“नुपर्छ कि पर्दैन? साहित्यमा अनेकौँ विचार, जाति, लिङ्ग जसमा समलिङ्गी अध्ययन पनि छन्, तिनको साहित्यमा ठाउ“ हुने हुनाले तिनलाई ध्यानदिने बहुलवादी प्रलेसमा आउनुहुन्छ कि हुदैन?विद्याथीं संगठनहरू ठ्याक्कै दलहरूका भएर बा“डिएजस्तै प्रलेस कुनै पार्टी वा पार्टीहरूको ठ्याक्कै स“घ हुने कि नहुने?हिजोआज व्यापक रूपमा हुने साहित्यिक जात्रा र उत्सबहरूमा प्रलेसको सहज सहभागिता हुने कि नहुने? आपृ्mलाई हुनेहुने विचार मात्र सुन्नेकि अरू विचार पनि सुनेर छलफल गर्ने अनि ती सबैको प्रकाशन गर्ने? यी प्रश्नहरूलाई प्रलेसजस्तो प्रतिष्ठित लेखकको संस्थाले धन्द्याउनु पर्छ । हिजोको शैलीले आज काम दिँदैन कि त । पुरानो संस्था प्रलेसचाहिँ खुला नहुने अनि पछि आएका माओबादी युवा र लेखकका संस्थाहरू खुला हुँदै जाने कुरा यथार्थ भयो भने त्यसबाट केही सिक्नैपर्छ भन्ने मेरो विचार छ । त्यस दिन बोलेका विचारको नै प्रस्तुति हो यो । मेरा विचार पनि सुन्नु आवश्यक छ र? भन्ने अन्तिम प्रश्न हो ।
साभारः कान्तिपुर (१४ असोज २०७०)

प्रलेस पूर्णाङ्क - २१ बाट साभार 

==========================================================
प्रलेसको पचास वर्षको यात्रा :- एक सिंहावलोकन 
– इस्माली



विषयप्रवेश

साहित्य, कलालगायत वाङ्मयका विविध विधाहरू समृद्ध नभइकन मुलुक समृद्ध बन्दैन । सांस्कृतिक आन्दोलनको अभावमा साहित्य, कला पनि समृद्ध हुदैन । संस्कृतिकर्मीहरूको एकताबद्ध र संगठित प्रयासको अभावमा सांस्कृतिक आन्दोलनले गति लिन सक्दैन । यस्तो संगठित प्रयासका रूपमा पेन, साहित्यकार संसद्, नारी लेखक मञ्च जस्ता केही समूहको चर्चा पनि यदाकदा सुनिन्छ तर प्रलेस स्पष्ट दिशा लिएर गठन भएको लेखकहरूको वैचारिक आन्दोलनकारी संस्था हो । सांस्कृतिक आन्दोलनलाई अग्रगामी दिशा दिनका लागि गठित प्रगतिशील लेखक संघले ५० वर्षको यात्रा पूरा गर्दैछ । तीन सयभन्दा बढी लेखकहरू आबद्ध भएको तथा दशवटा अञ्चल र पच्चीसभन्दा बढी जिल्लामा संगठनसञ्जाल विस्तार भएको राष्ट्रिय संगठनात्मक स्वरूप प्राप्त गरेको प्रलेसको ५० वर्षको यात्राका विभिन्न कालक्रममा देखापरेका आरोह–अवरोहबारे मोटामोटी जानकारी दिनु यस लेखको उद्देश्य रहेको छ ।

ऐतिहासिक विकासक्रम

आधुनिक नेपालको निर्माणमा महवपूर्ण स्थान ओगटेको २००७ सालको राजनीतिक क्रान्तिको पृष्ठभूमिमा र सोही क्रान्तिको चेतनाको आलोकमा वर्गीय तथा पेशागत हकहित एवं सुदृढीकरणहेतु मुलुकमा विभिन्न संघ, संस्थाहरूले स्पष्ट आकार लिन थालेथे । अखिल नेपाल किसान संघ, मजदुर संघ, महिला संघ, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशन, अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघ (९ फागुन २००७) जस्ता जनवर्गीय र पेशागत संगठनहरू बनिसकेका थिए । नागरिकमा प्रजातान्त्रिक हक अधिकारप्रतिको जागरुकता बढ्दै थियो । समाजलाई चेतनाको गोरेटोमा डो¥याउने आशयले फलित प्रयासलाई गरिएको निर्मम दमनको नग्ननृत्यस्वरूप घटित मकैपर्व, पुस्तकालयपर्व आदिको द्रष्टाभोक्ता नेपाली समाजको बुद्धिजीवीवर्गको एउटा उल्लेखनीय जमात तयार थियो जो साहित्यको माध्यमबाट नेपाली जनमानसमा चेतनाको बीज छरिरहेको थियो । रुसको समाजवादी क्रान्ति, चीनको नौलो जनवादी क्रान्ति र भारतीय स्वाधीनता आन्दोलनको प्रभाव र प्रेरणाले र मुलुकमै पनि कांग्रेस र कम्युनिष्ट पार्टी स्थापना भैसकेको हु“दा नेपाली बुद्धिजीवीहरू पनि स्वदेश र विदेशमा रही राष्ट्रियमुक्ति अभियानमा प्रतिबद्धतासाथ लागेका थिए । आवश्यक जनचेतनाको अभावमा २००७ सालको क्रान्ति धोकाधडीमा परिणत भएको प्रष्ट आभास कतिपय बुद्धिजीवीहरूले बोध नगरेका होइनन् । यस्ता बुद्धिजीवीहरूमध्ये कतिपय साहित्यलाई माध्यम बनाएर नेपाली समाजमा चेतनाको खेती गरिरहेका थिए । सन्देश जस्ता हस्तलिखित पत्रिकाहरू लगायत सेवा, प्रगति, इन्द्रेणी, जनयुग, जनविकास, जनसाहित्य आदि साहित्यिक पत्रिकाहरूमार्फत् तत्कालीन प्रगतिशील र देशभक्त लेखकहरूले दिल्ली सम्झौता र त्यसपछिका शासकीय गतिविधिका विरुद्ध असन्तोष र विरोधको स्वर मुखरित गरिरहेथे । शासकवर्गका विरुद्धको यो युद्धमा विखरित व्यक्तिगत बौद्धिक प्रयासभन्दा सामूहिक र एकताबद्ध स्वर दरिलो, चोटिलो र बलियो हुने सार्वभौमसत्यलाई आत्मसात् गरी नेपाल कम्युनिष्ट पार्टी (२००६)ले संगठित लेखक संघको आवश्यकताबोध ग¥यो । त्यही क्रममा पार्टी निकटस्थ र प्रतिबद्ध एवं प्रगतिशील विचारप्रति आस्थावान् साहित्यकारहरूको संयुक्त प्रयासबाट श्यामप्रसाद शर्मा (लामिछाने)को सक्रियतामा वीरगंज (गहबा)मा ५ असोज २००९ (२० सेप्टेम्बर १९५२) का दिन प्रगतिशील लेखक संघको स्थापना भयो । साहित्यकार भवानीप्रसाद शर्मा (भवानी घिमिरे)द्वारा उद्घाटन गरिएको तथा कविराज बलभद्र शर्माको सभापतित्वमा आयोजित मुलुकका विभिन्न भागबाट प्रतिनिधित्व भएको सो सम्मेलनले सात सदस्यीय कार्यकारिणी – श्यामप्रसाद शर्मा (अध्यक्ष), रत्नदास वैद्य (महासचिव), चित्ररत्न (सहायक सचिव), देवीप्रसाद किसान (कोषाध्यक्ष), बालकृष्ण रुपावासी (संगठन मन्त्री), महावीरप्रसाद अग्रवाल (प्रचार मन्त्री), बलभद्र शर्मा (निरीक्षण मन्त्री)को चयन ग¥यो । यस कार्यसमितिले पूर्वमा मेचीदेखि पश्चिममा नारायणी, बागमती अञ्चलसम्म समेटेको भए तापनि राजधानीलाई प्रतिनिधित्व गराउन समर्थ भएन र संभवतः राजधानीमा जनवादी लेखक संघको नाममा कृष्णचन्द्रसिंह प्रधान आदिको सक्रियतामा प्रगतिशील लेखकहरू संगठित भए । स्थापनाकालमा प्रलेसले वर्गीयताभन्दा साममन्तवाद र साम्राज्यवादविरोधी नेपाली लेखकहरूको साझा संगठनको रूपलाई जोड दिएको देखिन्छ । प्रलेसको गठनपश्चात् पहिलेदेखि हु“दै आएको संगठनात्मक गतिविधिमा तीब्रता आयो । साहित्यिक प्रकाशनहरू बढे । तत्कालीन साहित्यकारहरूको उल्लेख्य जमातलाई विश्वलाई नया“ ऊर्जा दिइरहेको प्रगतिवादी विचार र दर्शनले आकर्षित ग¥यो । संघ सुव्यवस्थित नभएको तथा संचार र यातायातको असुविधाका कारण संगठनात्मक गतिविधिको खासै विस्तार हुन नसकेको र अन्य कतिपय कारणले विचारमा प्रगतिशील भएर पनि कतिपय लेखकहरू यसमा समेटिन सकेका देखिन्नन् । ‘कृषिवाला’, ‘पहाडी पुकार’ लगायत आना कतिपय रचनाहरूमार्फत् समाजवादउन्मुख विचारलाई प्रखर समर्थन गर्ने लक्ष्मीप्रसाद देवकोटा ‘नेपाली लेखक संघ’मा आबद्ध देखिन्छन् र सोही संघमार्फत् वि.सं. २०१३ मा दिल्लीमा भएको एशियाली लेखक सम्मेलन र वि.सं. २०१५ मा रुसको तासकन्दमा भएको अफ्रोएशियाली लेखक सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गरेका थिए । हुन त नेपाली लेखक संघ प्रलेसको सहधर्मी संगठनको रूपमा देखिन्छ । साहित्य र राजनीतिको अन्तर्सम्बन्धको विवादले गर्दा प्रलेसले त्यतिखेर त्यतिविधि गतिशीलता पाउन सकेन तर पनि २०१६ सम्म यसका तीनवटा कार्यसमितिहरू बने । प्रलेसको तेस्रो कार्यसमिति दलीय नियन्त्रणको विवादका कारण विघटित भयो ।


यसरी विघटित प्रलेसलाई पुनः २०१६ मंसिर २१ (६–१२–१९५९) मा नेपाल कम्युनिष्ट पार्टीको सहयोग र संयोजनमा १२ जना लेखकहरूद्वारा पुनर्गठित गरियो । यो पुनर्गठनमा पहिले काठमाडौ“मा खुलेको लेखक संघकै नाममा ‘प्रगतिशील’ विशेषण थपियो र अब ‘प्रगतिशील नेपाल लेखक संघ’ भयो । तारानाथ शर्मा (इलाम) सचिव भएको सचिवीय प्रणालीको कार्यसमितिका सदस्यहरूमा केदारनाथ न्यौपाने (काठमाडौं), श्यामप्रसाद (वीरगंज), आनन्ददेव भट्ट (बैतडी), पूर्णमान विद्रोही (भादगाउ“) रहेका थिए । सुरुमा २०÷१५० कमलपोखरीमा यसको कार्यालय रहेकोमा पछि यो ६÷३१३ खिचापोखरीमा स¥यो । २० चैत्र २०१६ मा साधारणसभा बसी यस प्रलेसको कार्यसमितिको पुनर्गठन ग¥यो । अध्यक्षीय प्रणालीको यस कार्यसमितिमा धर्मराज थापा अध्यक्ष, तारानाथ शर्मा सचिव, आनन्ददेव भट्ट सहसचिव र सदस्यहरूमा कमल दीक्षित, केदारनाथ न्यौपाने, कृष्णप्रसाद पराजुली, पूर्णबहादुर मानव, शशिकला शर्मा र श्यामप्रसाद थिए । सदस्य संख्या १०० पुगेपछि राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य लिएको८ तत्कालीन प्रलेस २०१७ को प्रतिगामी कदम र आन्तरिक विग्रहका कारण सक्रिय रूपले सांगठनिक निरन्तरतामा जान सकेन । यसअघि नै प्रलेसले अन्तर्राष्ट्रिय लेखक संगठनहरूस“ग सम्बन्ध विस्तार गर्ने प्रयास गरेको देखिन्छ । प्रलेसको आधिकारिक ठेगानाको अभावमा सोवियत दूतावासमार्फत् आएको सोवियत लेखक संघको प्रत्युत्तरपत्रले यस कुराको पुष्टि गर्दछ ।

यसरी कहिले सक्रिय त कहिले निष्क्रिय हुदै चलिरहेको प्रलेसलाई २०१६ सालमा पुनर्गठन गरी क्रियाशील बनाइए तापनि त्यसलाई सैद्धान्तिक मार्गदर्शन गर्ने राजनीतिक पार्टीमा वैचारिक विग्रह बढ्दै गएको र त्यसले साहित्यिक–सांस्कृतिक फा“टको संचालनमा परिपक्वता देखाउन नसकेकोले साहित्यकर्मी र राजनीतिकर्मीहरूबीचको सम्बन्धबारेको विवाद तीब्र्र हु“दै गयो र संगठनात्मक आधार पनि फितलो हु“दै गयो । यसैताका सोवियत कम्युनिष्ट पार्टी र चिनिया“ कम्युनिष्ट पार्टीबीचको विवादले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमै गम्भीर मतभेद ल्यायो र त्यसको असरबाट हाम्रो कम्युनिष्ट पार्टी पनि प्रभावित हुनु स्वाभाविक थियो भने यता राष्ट्रिय राजनीतिमा पनि २०१७ पुषदेखि प्रतिगामी राजनीतिले जब्बर मुन्टो उठाइदियो र जनताका तमाम प्रजातान्त्रिक अधिकारहरू प्रतिबन्धित भए । रायमाझीको नेतृत्वमा रहेको नेकपा राजावादी पार्टीमा पतन भैसकेको थियो र पार्टी छिन्नभिन्न भूमिगत अवस्थामा पुगिसकेको थियो । यस्तो अप्रत्याशित प्रतिगामी कदमले उब्जाएको विषम परिस्थितिपछि प्रगतिशील साहित्यकारहरूको ठूलो जमातका कतिपय क्रमशः निष्क्रिय बन्दै विस्मृतिको गर्भमा हराए भने कतिपय रायमाझीपथका अनुयायी बनी प्रतिगामी सत्ताको झण्डा उचाल्न पुगे भने कतिपय विचारलाई खोपामा थन्क्याएर लेख्दै पनि रहे । ‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु’ भन्ने आहानलाई चरितार्थ पार्न पनि प्रगतिवादी साहित्यिक आन्दोलनलाई हम्मे हम्मे प¥यो । जन्मकालदेखि नै प्रलेसलाई क्रियाशील नेतृत्व दिइरहेका श्यामप्रसाद पछि राजनीतिक दमनलगायतका कारणले प्रलेसलाई नेतृत्व दिन सक्रिय हुन सकेनन् । हुन त संकटको यस कठोर घडीमा पनि साहित्य, स्वास्नीमान्छे, भानु जस्ता पत्रिकाहरूले प्रगतिशील साहित्यको विकास र निरन्तरतामा उल्लेखनीय योगदान गरिरहे ।

वि.सं. २०२३ देखि चीनमा थालिएको सांस्कृतिक क्रान्तिको तातो हावाले नेपाली युवा बुद्धिजीवी, विद्यार्थी, राजनीतिज्ञ र लेखक–कलाकारहरूमा फेरि नया“ ऊर्जा संचार गर्न थाल्यो । एकातिर भारतीय विस्तारवादले सीमा अतिक्रमण गरेर जन्माएका सुस्ता, महेशपुरजस्ता घटना र विभिन्न क्षेत्रका झोराकाण्डहरूले जनमानस उद्वेलित हु“दै थियो भने अर्कोतिर प्रतिगामी व्यवस्थाको दमनले कुण्ठित भएको चेतना खरानीभित्रको आगोझैं झिंजामिंजाहरू पाउने अवसरको प्रतीक्षामा थियो । वि.सं. २०२१ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको स्थापनापश्चात् संगठनात्मक गतिविधिहरूमा पुनः चासो बढ्न थाल्यो । २०२४–२५ ताका त देशका विभिन्न भागहरूमा प्रगतिशील पत्रिकाहरू निकाल्ने, साहित्यिक गोष्ठी र सम्मेलनहरू गर्ने लगायत सांस्कृतिक चेतना फिंजाउने गतिविधिहरू क्रमशः बढ्न थालेथे । झापाबाट पञ्चामृतको प्रकाशन, बुटवलमा रेलिमाई सांस्कृतिक मण्डलको स्थापना, धरानमा स्थानीय रूपमा प्रगतिशील लेखक संघको पुनर्गठन, युद्धप्रसाद मिश्रको अध्यक्षतामा स्थापित नेपाली जनवादी सांस्कृतिक संघ, जनकपुरबाट प्रकाशित ‘प्राची’ र ‘आ“खा’ साहित्यिक प्रकाशन आदि बीसका दशकका उल्लेखनीय सांस्कृतिक उपलब्धिहरू थिए । ठाउ“–ठाउ“मा स्थानीय युवाहरूको सक्रियतामा प्रगतिशील नाटकहरूको प्रदर्शन हुने गर्दथ्यो । नेकपा विच्छिन्न भई केन्द्रीय क्यूक्लस, ‘चौथो महाधिवेशन’ र ‘को–अर्डिनेशन केन्द्र’को स्थापनापश्चात् नेपालको विश्रृंखल कम्युनिष्ट आन्दोलन नया“ ऊर्जासाथ मूलतः दुई धारमा विभाजित भयो र यसले प्रगतिवादी सांस्कृतिक आन्दोलनमा पुनः नवीन ऊर्जाको संचार ग¥यो । तीसको दशकमा त विभिन्न गतिविधिलगायत प्रगतिशील पत्रपत्रिकाहरूको पनि ओइरो लाग्यो । अधिकांश सांस्कृतिककर्मीहरू वेदना र संकल्प साहित्यिक धु्रवमा धु्रविकृत हुन थाले । सांस्कृतिक कलाकारहरू वेदना सांस्कृतिक परिवार र संकल्प परिवारका रूपमा गाउ“ शहरका ठाउ“–ठाउ“मा सांस्कृतिक चेतना फैलाउ“दै हिंडे ।


राष्ट्रिय राजनीतिमा गाउ“ फर्क राष्ट्रिय अभियान (२०२४)को दबदबा र शिक्षामा नया“ शिक्षा योजना भनिने राष्ट्रिय शिक्षा योजना (२०२८) को कार्यान्वयनले नेपाली जनमानसमा हुर्कंदो नागरिक चेतनालाई सक्दो दबाउन खोज्यो≤ नागरिक हकअधिकार र स्वतन्त्रताका पक्षमा क्रियाशील कतिपय राजनीतिक कार्यकर्ता र नेताहरूको हत्या गरियो । यिनै दमन र हत्याप्रतिको असन्तोषको विस्फोटका रूपमा २०३५–०३६ को विद्यार्थीआन्दोलन देखाप¥यो । यो आन्दोलनले विभिन्न आस्था र सिद्धान्तमा विभाजित प्रजातन्त्रप्रेमी राजनीतिक शक्तिहरूलाई छोटै समयका लागि भने पनि नजिक पारिदियो । फलतः आन्दोलन ‘सुधारिएको पञ्चायत वा बहुदलीय पञ्चायत’को जनमतसंग्रहमा गएर टुंगियो । जनमतसंग्रहमा बहुदलको पक्षमा कतिपय वाम दलहरूले अभिमत जाहेर गरे तापनि दुई सशक्त वाम दलहरूमध्ये एउटाले बहिष्कारको मार्ग अख्तियार ग¥यो भने अर्को दलले कहिले बहुदललाई समर्थन त कहिले बहिष्कारको ढुलमुले नीति अख्तियार ग¥यो । यस कालखण्डसम्म प्रगतिशील साहित्यिक पत्रिकाहरूको संख्या उल्लेख्य बनिसकेको थियो । तिनले जनमतसंग्रहमा आ–आना आस्था–विवेकअनुसारका चेतनाप्रवाह गरे । विभिन्न आस्थामा विभाजित साहित्यकारहरूलाई ‘भानु’ले चाहि“ संयोजित नेतृत्व दिई बहुदलको पक्षमा सडक कविता क्रान्तिमा ओराल्नु एउटा महŒवपूर्ण उपलब्धि थियो ।


२०३६ सालको यही होलो वातावरणमा विभिन्न पेशा र वर्गका नागरिकहरू पुनः संगठित हुन थाले । प्रतिबन्धित विद्यार्थी संगठनहरू फुकुवा भई पुनः संगठनात्मक विस्तारमा लागे । प्राध्यापकहरूले आनो संगठनलाई पुनर्जीवन दिए, शिक्षकहरू संगठित बने ।

२००६ सालमा स्थापना भएको एकल कम्युनिष्ट पार्टी ३० वर्षको यात्रामा पटक पटक विभाजित भई एक दर्जनभन्दा बढी समूहहरूमा बा“डिएको थियो । त्यसैले जनवादी सांस्कृतिकर्मीहरू पनि विभिन्न शिविरहरूतिर आस्थावान् हुनु स्वाभाविक थियो । खोसिएका जनअधिकारहरू फिर्ता लिन र अग्रगामी आन्दोलनलाई गति दिन समान उद्देश्यका लागि संघर्षशील सांस्कृतिककर्मीहरूबीच न्यूनतम साझा सहमतिको आवश्यकताबोध टड्कारो बनिरहेको थियो । यही आवश्यकताबोधबाट प्रेरित भएर उपत्यकामा कार्यरत दलीय र स्वतन्त्र जनवादी सांस्कृतिककर्मीहरूको सक्रियतामा प्रगतिशील लेखक र कलाकारहरूको संगठन बनाउनका लागि प्रयासहरूको थालनी भयो । यस प्रयासले विभिन्न समूहमा छरिएका जनवादी सांस्कृतिककर्मीहरूमा नया“ ऊर्जाको संचार गर्नु स्वाभाविक थियो । फलतः २०३६ मंसिर ७ का दिन पद्मरत्न तुलाधरको सभापतित्वमा काठमाडौ“को न्हैकन्तलास्थित विप्लवी पुस्तकालयमा बसेको जनपक्षीय लेखक र संस्कृतिकर्मीहरूको एक भेलाद्वारा प्रगतिशील लेखक र कलाकारहरूको संघ निर्माण गर्नेहेतु झिसमिसेका सम्पादक रघु पन्तको संयोजकत्वमा पद्मरत्न तुलाधर, मल्ल के. सुन्दर, भावुक घिमिरे, सुवास श्रेष्ठ, मोहन श्रेष्ठ, नारायण ढकाल, त्रिरत्न शाक्य, तुल्सीलाल सिंह, जागृतप्रसाद भेटवाल र कन्हैया जोशी सदस्य रहेको एघार सदस्यीय राष्ट्रिय सम्मेलन तयारी समिति गठन ग¥यो । यस समितिले अपील प्रकाशित गर्दै प्रगतिशील लेखक कलाकारलाई आपसी छलफलका आधारमा आपसी अन्तर्विरोधलाई न्यून पार्दै एकाबद्ध भएर शत्रुस“ग लड्न न्यूनतम सहमतियुक्त संयुक्त मोर्चाका आधारमा संगठित हुनुपर्ने कुरामा जोड दिंदै प्रगतिशील लेखक कलाकार संघ बन्नुपर्ने आवश्यकताबोध गर्दै ‘विश्वमा शोषण–उत्पीडनबाट मुक्ति प्राप्त गर्न विगतमा भएका वा हु“दै गरेका वा पछि हुने सम्पूर्ण न्यायोचित जनसंघर्षहरूलाई सक्रिय रूपमा सघाउने र जनताका यस्ता संघर्षहरूले विजय पाउ“छ भन्ने संकल्पलाई दृढ बनाउने पक्षहरूमा समान धारणा राख्ने देशका तमाम लेखक कलाकारहरूस“ग एकता हुन सक्ने’ भनी प्रगतिशील लेखक कलाकारलाई संघमा संगठित हुन अनुरोध ग¥यो ।

यसरी प्रलेस फेरि पुनर्गठित भयो । २००९ को स्थापना र २०१६ को पुनर्गठनका अस्पष्ट खुकुला आधारहरूभन्दा २०३६ मा स्पष्ट आधारहरूको जगमा प्रलेस पुनर्गठित भएको थियो ।

    २०३५–०३६ को आन्दोलनले साहित्यिक गतिविधिहरूमा पनि बढोत्तरी हुनुका साथै थुप्रै नया“ प्रतिभाहरू आन्दोलनमा उतारेको थियो । प्रायःजसो क्याम्पसका यूनियनका मुखपत्रका रूपमा साहित्यिक प्रकाशन निस्कनुका अतिरिक्त साहित्यिककर्मीहरूबाटै पनि साहित्यिक प्रकाशनहरूको उभार आयो । वेदना, संकल्प, सुस्केरा, उत्साह लगायत झिममिसे, नौलो साहित्य, लहर, भानु, कालीको छाल, राप्ती, राप्ती सन्देश, विहानी, त्रिकोण, हलकारा, प्रभात, कटिबद्ध, नौलोकोसेली, अठोट, लालुपाते, मधुमास, सेरोफेरो, श्रृंखला, घोषणा, अनुभूति आदि साहित्यिक पत्रिकाहरूले प्रगतिवादी साहित्यको उत्थानमा यथेष्ट योगदान दिए । कवितागोष्ठी लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रगतिवादी साहित्यकारहरूको जन्मजयन्ती मनाउने गोष्ठीहरू भए ।

    २०३६ मंसिरमा प्रलेक संघ राष्ट्रिय तयारी समिति बनेपछि विभिन्न अञ्चल समितिहरू पनि बने । २०३७ साउन १३, १४ मा जनकपुर अञ्चलन सम्मेलन, २०३७ चैत्र २८–३० मा कोशी अञ्चल सम्मेलन, २०३८ चैत्र २०–२१ लुम्बिनी अञ्चल सम्मेलन गरिनुका साथै बागमती, गण्डकी आदिमा अञ्चलतयारी समितिहरू पनि बने तापनि तत्कालीन दुई ठूला वाम दलहरूमा आन्तरिक विवाद, विद्यार्थी राजनीतिमा पा“चौ“ र छैठौ“को उग्र विवाद अनि अन्तर्राष्ट्रिय राजनीतिमा चीनमा प्रतिक्रान्तिको विवाद आदिका कारण संगठननिर्माणले गति लिन सकेन । ‘२०३६ मा जुन उद्देश्य र आकांक्षा राखी लेखक कलाकारहरूको प्रलेक संघ स्थापना गरेका थिए, त्यसैअनुरूप पूर्ण तीब्रताका साथ संघ अगाडि बढ्न सकेन । यसका पछाडि वामपन्थी राजनैतिक क्षेत्रको विभाजित स्थिति र त्यसले साहित्यिक क्षेत्रमा पारेको प्रभाव र तद्जन्य आकर्षण विकर्षण पनि एउटा प्रमुख कारण रह्यो’ ।८ सैद्धान्तिक रूपमा साझा मोर्चाका रूपमा प्रलेक संघको गठन भएको भए तापनि त्यसको व्यावहारिक रूपान्तरण हुन सकिरहेको थिएन । तर पनि प्रयास जारी रह्यो । २०३८ मा मुखपत्रको रूपमा प्रलेकको प्रकाशन तथा २०३९ मा विधान तर्जुमा भयो । यस अवधिमा प्रलेकसंघ लगायत विभिन्न संघ÷संस्थाहरूबाट पनि साहित्यिक गतिविधिहरू हुन थाले । साहित्य सन्ध्या, प्रतिभा प्रवाह, प्रतिभा संगम, प्रतिभा गोष्ठी, साहित्ययात्रा जस्ता नियमित संस्थागत कार्यक्रमहरू पनि भए । उत्साहको सामूहिक प्रकाशनले पनि यस अवधिमा साझा मञ्चको प्रारूप तयार पार्ने कार्यमा सघाऊ पु¥यायो ।

    २०४२ को प्रायोजित बमकाण्डपछि मुलुकमा पुनः चर्को दमन सुरु भयो । अग्रगामी चेतनाका वाहक राजनीतिक कार्यकर्ता, शिक्षक, बुद्धिजीवीहरू सुधारिएको पञ्चायती सत्ताको चर्को कोपभाजन बने । २०३५– ०३६ को आन्दोलनले दिएको खुकुलोपन पुनः कसिलो बन्यो । प्रेसमा सेन्सरसीप र कडा निगरानी बढ्यो । प्रलेकका संयोजक लगायत कतिपय वामपक्षका लेखक पत्रकारहरू बन्दी बनाइए र प्रलेकको गतिविधि पुनः सुस्त हुनु स्वाभाविक थियो । तयारी समिति गठन भएको छ वर्षसम्म पनि राष्ट्रिय सम्मेलन हुन नसकेको तथा विद्यमान क्रियाकलापहरूमा पनि साझा मोर्चाको व्यावहािरक रूपान्तरण हुन नसकेकाले विद्यमान तयारी समितिबाट सम्मेलन हुन सक्ने अवस्था नदेखिएकाले सो सुस्तता हटाउन सो तयारी समिति विघटन÷पुनर्गठन, विस्तार आदि गरी सम्मेलन गर्ने उद्देश्यले २०४४ जेष्ठ ९ पारिजातनिवास म्हैपीमा उहा“कै अग्रसरतामा विशेष भेला डाकियो । शक्ति लम्सालको सभापतित्वमा सम्पन्न सो भेलाले लामो छलफल र विचारविमर्शपछि सम्मेलन गर्ने तयारीका लागि सबैलाई ततायो । शक्ति लम्सालको अध्यक्षतामा पुनः जेठ २० गते अर्को पूरक भेला बस्यो । यस भेलाले २०४४ मंसिरसम्म सम्मेलन गर्नुपर्ने कुरामा जोड दियो । सम्मेलनका लागि तयारीसाथ जुट्ने उद्देश्यले २०४४ भाद्र २७ मा पुनः अर्को राष्ट्रिय भेलाको आयोजना भयो र पद्मरत्न तुलाधरको सभापतित्वमा भएको सो भेलाले निर्धारित समयमै राष्ट्रिय सम्मेलन गर्ने निर्णय ग¥यो । तदनुसार २०४४ पुस १७ र १८ गते नेपाल कानुन क्याम्पसको सभाकक्षमा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । प्रमुख अतिथि बयोबृद्ध कवि युद्धप्रसाद मिश्रद्वारा उद्घाटन गरिएको सो सम्मेलनमा देशका विभिन्न जिल्लाहरूका १२५ जना लेखक कलाकारहरूको सहभागिता रहेको थियो । यसरी दोस्रो पुनर्गठनको ८ वर्षपछि भएको सम्मेलनले २००९ सालमा स्थापित प्रलेसको निरन्तरतालाई कायम राख्दै प्रगतिशील कलाकारहरूको छुट्टै संघ बनाउनुपर्ने आवश्यकता बोध गरी ‘प्रगतिशील लेखक संघ’लाई संस्थागत आधार प्रदान ग¥यो । २००९ देखि २०१६ सम्म भेला र सभाहरूमा मात्र सीमित रहेको प्रगतिशील लेखकहरू स्थापनाको ३५ वर्षपछि पहिलो राष्ट्रिय सम्मेलन गर्न सफल भए । यस सम्मेलनले संयुक्त मोर्चाको अवधारणाअनुरूप ३५ सदस्यीय राष्ट्रिय परिषद्मध्येबाटै रमेश विकल अध्यक्ष र मोदनाथ प्रश्रित महासचिव रहेको १८ सदस्यीय केन्द्रीय समितिको चयन ग¥यो । २००९ को प्रलेसको विच्छिन्नतामा निर्माण गरिएको हुनाले यसलाई तत्कालीन अवस्थामा २०३६ मा स्थापित नया“ संगठन मानियो । यसरी यतिन्जेलसम्म राजनीतिक दलको भ्रातृ सांस्कृतिक समूहको रूपमा वा स्वतन्त्र व्यक्तिगत प्रयासहरूमा सीमित रहेको सांस्कृतिक आन्दोलनले साझा मोर्चामार्फत् संयुक्त र एकताबद्ध स्वरूप पनि पायो । तर सम्मेलन सकिएको लगत्तै नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई स्वस्थ सरसल्लाह सुझाव दिई आन्दोलनलाई अगाडि बढाउन सहयोग गर्नुको साटो संघबारे नकारात्मक टीकाटिप्पणीहरू विविध कोणबाट हुन थाल्यो । यसले दलीय विग्रहलाई झन् बढाउने काम ग¥यो । राष्ट्रिय जनसांस्कृतिक मंचको गठनपश्चात् प्रलेसको विग्रह झन् चर्को रूपमा देखाप¥यो । राजसामको अध्यक्ष मोदनाथ प्रश्रित प्रलेसका महासचिव थिए र राजसाम तत्कालीन नेकपा (माले)को सांस्कृतिक संगठन थियो । यसको गठनले आन्दोलनलाई टेवा पुग्नु स्वाभाविक थियो । तर व्यवहारमा चाहि“ यसले प्रलेसको गतिविधिलाई प्रत्यक्ष असर पारी निष्क्रिय बनाएको गुनासो सुनिन्थ्यो । फलतः पारिजातबाट प्रश्रितउपर लगाइएको ‘साइलक’को आक्षेप विवादले अस्वस्थ रूप लियो । हुन त यो लगायत यसपछि स्थापित इसास, आस्था परिवार, भ्याली सांस्कृतिक संगम र अखिल नेपाल जनसांस्कृतिक संघ जस्ता सांस्कृतिक संस्थाहरूको स्थापनाले सांस्कृतिक आन्दोलनलाई झन् टेवा पुग्यो । जनआन्दोलनमा प्रलेसको तत्परतामा मुखमा कालोपट्टी बा“धी गरिएको चैत्र ३ को विरोध कार्यक्रमले २०४६ को जनआन्दोलनलाई अझ उचाइ दिने कार्य ग¥यो ।

    २०४६ को जनआन्दोलनले प्रजातन्त्रको पुनस्र्थापना गरेपछि भूमिगत राजनीतिक दलहरू खुला भए । मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भयो । प्रजातान्त्रिक नेपालको संविधान (२०४७) बन्यो । वालिग मताधिकारको आधारमा २०४८ वैशाखमा नेपाली कांग्रेसले सत्ता सम्हालेको प्रजातान्त्रिक परिवेशमा प्रलेसको दोस्रो राष्ट्रिय सम्मेलन विधानमा निर्धारित अवधि नाघेर वर्ष दिन ढिलो भई २०४८ असोज ५ मा नेपाल उद्योग वाणिज्य संघ जमलको सभाकक्षमा सम्पन्न भयो ।

    २०४८ सालसम्म पनि प्रलेसको आनो कुनै कार्यालय थिएन । आरम्भका केही वर्षहरूसम्म स्थानीय शुभेच्छुक सदस्यहरूका सक्रियतामा वडा कार्यालयको मातहत रहेको चावहिल गणेशस्थान नजिकको क्लबलाई कार्यालयको रूपमा प्रयोग ग¥यो । त्यहा“बाट विस्थापित भएपछि चावहिल मुरारी अर्यालको बैठक कोठालाई प्रलेस र उत्साहले कार्यालयको रूपमा प्रयोग ग¥यो । दोस्रो सम्मेलनले श्यामप्रसादको अध्यक्षतामा खगेन्द्र संग्रौला महासचिव रहेको १७ सदस्यीय केन्द्रीय समिति र १८ सदस्यीय राष्ट्रिय परिषद्को चयन ग¥यो । दोस्रो सम्मेलनपश्चात् पनि साझा सहमतिको संघभित्र सुमधुर भावनात्मक वातावरण तयार हुन नसकेकोले प्रलेसले गति लिन नसकेको गुनासो प्रलेस (१, १) मा उल्लेखित यी पंक्तिले व्यक्त गर्दछन्, “प्रलेस वामपन्थी आन्दोलनका विभिन्न पक्षहरूसम्बद्ध रहेको साझा मञ्च भएकाले सम्बद्ध सबै पक्षबाट पुग्दो मात्रामा सरसहयोग प्राप्त हुन सकेको छैन । दोस्रो कुरा, वामपन्थी आन्दोलनभित्रका अनेक मतमतान्तर र द्वन्द्वहरूको प्रलेसका कार्यकलापहरूमा कहिले प्रत्यक्ष र कहिले अप्रत्यक्ष रूपमा प्रभाव पर्नाले संघभित्र आत्मीय वातावरणको सिर्जना हुन पाएको छैन” (पृष्ठ ४४) ।

    प्रलेसको तेस्रो राष्ट्रिय सम्मेलन २०५० पुस १६, १७ मा काठमाडौ“ थापाथलीस्थित इञ्जिनियरिङ अध्ययन संस्थानको सभाकक्षमा सम्पन्न भयो । प्रगतिवादी लेखक गोविन्द भट्टले त्यसको उद्घाटन गर्नुभएको थियो । पछिल्लो पुनर्गठनपश्चातको यो सम्मेलनमा पहिलो पटक दलीय प्रतिनिधित्वका रूपमा विभिन्न वाम राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो । पम्फा भुसाल (संजमो), सीताराम तामाङ (मालेमा), नारायणमान बिजुक्छे (नेमकिपा)ले सम्मेलनमा शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो । यो सम्मेलनले विद्यमान प्रलेसलाई २००९ मा स्थापित प्रलेसको उत्तराधिकारी संस्था ठहर गर्दै २०४४ देखि प्रलेसको छापमा अंकित स्थापित २०३६ लाई संशोधन गरी स्था. २००९ लेख्ने ठहर ग¥यो । ऐतिहासिक निरन्तरताको पक्षमा लिइएको यो महŒवपूर्ण निर्णय थियो ।

    तेस्रो राष्ट्रिय सम्मेलन भइसक्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय रंगमंचमा थुप्रै फेरबदल भैसकेका थिए । सोवियत ढा“चाको समाजवाद रुसमा विस्थापित भैसकेको मात्र हैन, त्यहा“ विकृत पू“जीवादले दरो खुट्टा टेकिसकेको थियो र प्रतिद्वन्द्वीहीन एक धु्रवीय साम्राज्यवादको रूपमा अमेरिकाको हा“कडा“क र ङार्रङुर्र सुरु भैसकेको थियो । पूर्वी यूरोपका समाजवादी सत्ताहरू एकपछि अर्को क्रमशः ढल्दै गैरहेथे । पूर्वी जर्मनीको समाजवाद पश्चिम जर्मनीको पू“जीवादमा विलय भैसकेको थियो र संसारका कतिपय ठूलठूला वामपन्थी दलहरू कायान्तरण भई समाजवादी प्रजातान्त्रिक स्वरूप ग्रहण गर्दै थिए । माओको नौलो जनवादी क्रान्ति र सांस्कृतिक क्रान्तिको भावनालाई उछिन्दै चीन आधुनिकीकरणको पू“जीवादी मार्गमा अघि बढिरहेको थियो । नेपालको वाम राजनीतिमा चारु मजुमदारको नेपाली उत्तराधिकारग्रहण गरेको कोअर्डिनेशन केन्द्रले नेकपा (माले) हु“दै बहुदलीय जनवादी चोला भिरिसकेको र संवैधानिक राजतन्त्रात्मक सत्ता व्यवस्थाको संसद्मा नेकपा (एमाले)रूपी प्रमुख प्रतिपक्षीको हैसियत ग्रहण गरेको अवस्था थियो । सत्ताच्यूत गरिएर तीस वर्षसम्म उपेक्षित राजनीतिक जीवन बिताएको कांग्रेस पार्टी सत्ताको सिंहासनमा आरूढ थियो । चौथो महाधिवेशन पुनः विभाजित भई बनेको माओवादी घटक ‘संसदीय वैधानिक सत्ताबाट जनसमस्या समाधान नहुने हु“दा जनवाद स्थापनाका लागि सशस्त्र संघर्ष’को उद्घोष गर्दै जंगल पसिसकेको थियो । मोटामोटी रूपमा नेपालको आफूलाई वाम आन्दोलन तीन धारमा धु्रवीकरण भैरहेको थियो– वैधानिक, अर्धवैधानिक र अवैधानिक । वैधानिक धारको उर्लंदो शक्तिले आफूलाई वाम आन्दोलनको मूल धार ठानिरहेको अवस्था थियो र अरूलाई नगण्य रूपमा हेर्ने गथ्र्यो । यता संगठनमा अध्यक्ष श्यामप्रसाद पुरस्कार प्रकरणमा विवादित रहेको अवस्था थियो ।

    यही परिप्रेक्ष्यमा प्रलेसको चौथो राष्ट्रिय सम्मेलन २०५२ फागुन ११, १२ काठमाडौ“ थापाथलीस्थित नेपाल राष्ट्र बैंकको बैकर्स क्लबको सभाकक्षमा सम्पन्न भयो । केवलपुरे कवि देवीप्रसाद किसानद्वारा उद्घाटन गरिएको सो सम्मेलनमा १७३ भन्दा बढी लेखकहरू सहभागी भएका थिए । सहभागीहरूको प्रतिनिधित्वका हिसाबले यतिन्जेलसम्मको सम्मेलनमा यो बृहत् जस्तो देखिए तापनि प्रलेसको इतिहासमा यो एउटा पीडादायी दुर्घटनाको रूपमा स्थापित हुन पुग्यो ।

    चौथो राष्ट्रिय सम्मेलनबारे संस्थापन पक्षले आना छापाहरूमा जिब्रो चपाएर बोलेको स्पष्ट आभास भएको जानकारहरूको अनुभव छ ।

    सम्मेलनको उद्घाटन सत्रमै पुरस्कार विवादका कारण श्यामप्रसादको राजीनामा प्रसंगले अस्वस्थ विवादहरू सुरु भए । एमाले र इतर पक्षका हरेक वक्ताहरूका सम्बोधनका शब्द शब्दमा उग्रविवाद उठ्दै प्रतिवेदनमा पनि जबर्जस्ती विवादहरू हु“दै गए र त्यो विवाद निर्वाचनको संयुक्त मोर्चाको स्वरूपमा पनि उठिरह्यो । एमाले पक्षले लेखकहरूको विशाल पंक्ति आना पक्षमा रहेको दम्भका साथ अध्यक्ष, महासचिव र कोषाध्यक्षमा आनो दावी कुनै हालतमा नछोड्ने हठ बारम्बार दोहो¥याइरहेपछि एमालेइतर सम्पूर्ण पक्षले सम्मेलन बहिष्कार गरी सभाकक्षबाट बाहिरिएको थियो र सम्मेलन एमाले पक्ष एकतर्फी नेतृत्वको चयन गरी टुड्डिएको थियो ।

    सम्मेलनको मोटामोटी विवाद बुझ्न सजिलो होस् भनी अध्यक्ष गोविन्द भट्ट, बहिष्कार पक्षका लेखक निनु चापागाई र त्यसताका थुनामा रहेका लेखक खगेन्द्र संग्रौला तथा संस्थापन पक्षद्वारा प्रलेसमा प्रकाशित रिपोर्ट तल उद्धृत गरिएको छ ।

    ८ ... अन्त्यमा सोही सम्मेलनले गोविन्द भट्टको अध्यक्षतामा नया“ केन्द्रीय समितिका साथै राष्ट्रिय परिषद्को निर्वाचन गरेको थियो । यसैबीच केही कुरामा असहमति जनाउ“दै केही सहभागीले चुनावप्रक्रियामा भाग लिनुभएन (प्रलेस (४, ४) वैशाख–असार (२०५३, पृष्ठ १०७, प्रलेसका गतिविधि) ।
    ‘साथी’ (वर्ष १२, अंक २, असार र श्रावण २०५३) साहित्यिक मासिकमा प्रकाशित अध्यक्ष गोविन्द भट्टको अन्तर्वार्ताबाट उद्धृत अंशहरू (पृष्ठ ९–१३)

    (प्रगतिशील लेखक संघको चौथो राष्ट्रिय सम्मेलन विवादमय वातावणमा सम्पन्न भयो । केही पार्टीहरूका सांस्कृतिक विचारस“ग सम्बन्ध राख्ने र केही स्वतन्त्र मत राख्ने लेखकहरूले सम्मेलनको अन्तिम अवस्थामा सम्मेलन बहिष्कार गरेका थिए । ... यी विवादहरूको सम्बन्ध .... सन्दर्भमा हालै संघका वर्तमान अध्यक्ष गोविन्द भट्टस“गको कुराकानी ....) (सम्पादकीय नोट)

    ०हाल प्रलेस बारेको विवादको स्थिति के छ ? यो समाधान भयो कि भएको छैन ?
    – प्रलेस बारेको तथाकथित विवाद मुख्यतः केही अध्ययनहीन र अनावश्यक शंका उपशंकाहरू उब्जन पुगेको यौटा कृत्रिम विवाद हो र गहिरिएर हेर्दा म त्यसको कुनै तथ्यगत औचित्य पाउन सकिरहेको छैन ।
    ०प्रलेस किन विवादको भा“डो भैरहेको होला ? यसको जरो कारण के होला ?
    – ... हाम्रो देशका विभाजित वामपन्थी शक्तिहरू र तिनका माझका वर्तमान मतभेदहरू पनि प्रलेसमा प्रतिबिम्बित हुन पुगेको छ ।

    ०प्रलेसलाई एमालेकरण गरिएको छ र त्यसको वर्तमान नेतृत्व नेकपा (एमाले)बाट निर्देशित÷संचालित छ भन्ने खालका आरोपहरू एक पक्षबाट बरोबर आउने गरेका छन् । प्रलेसका अध्यक्षको हैसियतबाट त्यस्तो आरोपबारे तपाईंको प्रतिक्रिया के रहेको छ ?

    – प्रलेसको एमालेकरण भयो भनेर वर्तमान प्रलेस र एमालेलाई गाली गर्ने अहिले केही क्षेत्रहरूमा फेसनै चलेजस्तो छ । ... केही पक्षहरूबाट प्रलेसमा पूर्ण नियन्त्रण जमाउने र त्यसलाई कुनै समूहविशेषका विरुद्ध हा“केर लग्ने उद्देश्य राखिराखेको थियो र त्यो नभएपछि नै उनीहरूले एमालेकरणको दोषारोपण गरेका हुन् । ... हाल केही व्यक्तिहरू बाहेक अरू सबै प्रगतिशील लेखकहरू यसैमा बसेर काम गरिरहेका छन् ।

    इन्द्रेणी (वर्ष ५, अंक ५, नववर्ष २०५३) सामयिक संकलनमा प्रकाशित निनु चापागाईंको अन्तर्वार्ताबाट उद्धृत अंशहरू (पृष्ठ ५३–७२)
    (प्रलेसको ... हालको नेतृत्वमा रहेको प्रवृत्तिको समूहगत ठालुवाद, बलमिच्याइ“ र अराजकतापूर्ण प्रस्तुतिका कारण साझा मंचको अवधारणालाई निर्वाह गर्न र निरन्तरता दिन असफल भई टुंगिएको छ । ... प्रलेसको चौथो महाधिवेशनको द्वन्द्व, पीडा र समग्र यथार्थलाई प्रत्यक्ष सहभागीका रूपमा अनुभूत गर्ने पूर्व महासचिवको अन्तर्वार्ता ... ले राष्ट्रिय अधिवेशन असफल हुनाका कारण र त्यससम्बन्धी अत्ताहरू, अन्यौलहरू र वाक्छलहरू ठम्याउन सहयोग पु¥याउनेछ ...) (सम्पादकीय नोट)

    ०तपाईंहरूले सम्मेलन किन बहिष्कार गर्नुभएको हो ?
    – ... अखिल नेपाल जनसांस्कृतिक संघ, इन्द्रेणी सांस्कृतिक समाज, रक्तिम सांस्कृतिक परिवार, जनकला सिर्जना समाज, प्रतिभा प्रवाहस“ग सम्बद्ध लेखकहरू लगायत अन्य स्वतन्त्र लेखकहरूले समेत सम्मेलनको बहिष्कार गर्नुको कारणमा पहिल्यै भनिसकेका छन्– सम्मेलनको क्रममा उठेका आचारसंहितासम्बन्धी मान्यताका बारेमा रहेका विवादहरू एवं केन्द्रीय समिति लगायत राष्ट्रिय परिषद्को निर्माणजस्तो महŒवपूर्ण सवालमा राष्ट्रिय जनसांस्कृतिक मंचको निकट रहेका लेखकहरूले एउटा पार्टीविशेषको विचारलाई लागू गर्र्दै एकलौटी संगठन स्थापित गर्ने प्रयत्न गरेका मात्र नभई अन्य लेखकहरूको साझा सहमतिमा लैजाने हरसंभव प्रयासका विरुद्ध आफ्नो हैकमवादी प्रवृत्तिद्वारा प्रलेसको साझा मंच र साझा सहमतिको अवधारणालाई मिच्ने कार्य गरेकाले सो प्रवृत्तिको विरोधस्वरूप सम्मेलन बहिष्कार गरिएको हो ।

    ०पूर्वकालमा एमालेविरोधी मंचका रूपमा प्रलेसलाई संचालन गरियो भन्ने कुरा पनि आएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

    – ... एमालेको एउटा अखबारले सम्मेलनसम्बन्धी समाचार दिंदा विगतमा प्रलेसको नेतृत्वले साझा अवधारणालाई कुठाराघात गर्दै एमालेप्रति आरोप लगाएको, गोष्ठी र सेमिनारहरूमा एमालेको व्यापक विरोध गरेको र पूर्व महासचिव निनु चापागाईं लगायत रुद्र खरेल कसैले पनि यस आरोपको खण्डन गर्न नसक्नुभएको भनी रमाइलो समाचार छापेको छ । ... केन्द्रीय समिति र सेक्रेटारियटको सर्वसम्मत निर्णयविना प्रलेसका कुनै पनि गतिविधिहरू संचालन भएका छैनन् । ... जहा“सम्म विचारगोष्ठीहरूमा कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ताहरूले आलोचना गरेको प्रश्न छ, यो सम्बन्धित व्यक्तिहरूको निजी विचारस“ग सम्बन्धित प्रश्न भएकाले त्यसलाई प्रलेसको नेतृत्वले बन्देज लगाउने सामथ्र्य राख्ने कुरै होइन ।

    ०वर्तमान प्रलेस नेतृत्वले २१ जनाले बहिष्कार गरेर केही फरक पर्दैन भन्दै आफूस“ग १५० लेखक रहेको दावी गर्दैैछ । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

    – यही संख्या, शक्ति र परिमाणको उन्माद र अहंकार नै अहिलेको दुर्घटनाको कारण रहेको छ । ... प्रलेसजस्तो संयुक्त मोर्चाका सन्दर्भमा प्रवृत्तिगत वा समूहगत रूपमा एकपक्षमा रहेका सयौं व्यक्तिको जति महŒव हुन्छ, उत्तिकै महŒव अर्को प्रवृत्तिको एउटै व्यक्तिको हुन्छ । संख्या र परिणाम स्वयं गुणको विकल्प बन्न सक्दैन । ... सम्मेलनको बहिष्कार गर्ने कार्य वक्तव्य निकाल्ने २१ जनाले मात्र गरेका होइनन्, वक्तव्यमा हस्ताक्षर गर्न अवसर नपाउने अरू पनि प्रशस्त छन् । ... अहिलेको नेतृत्वमा २१ जनाले त बहिष्कार गरेको हो भनी अपमानित गर्ने र आफू सयौं भएको भनी घमण्ड गर्ने जुन प्रवृत्ति मौलाएको छ, त्यो पूर्णतः असंगत एवं बेइमानीपूर्ण छ ।
    ०रिक्त स्थानमा समावेश भएर एकतालाई बल दिनुपर्छ भन्ने वर्तमान नेतृत्वको सदाशयतालाई किन बल नदिनु भएको हो ? (उपाध्यक्ष, सचिव र सदस्य गरी केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्मा केही स्थान रिक्त राखिएको थियोे)

    – आफू एकताको पक्षमा रहेको देखाउने र पछि आफ्नै मान्छेहरूबाट ती रिक्त स्थानहरू भर्ने ⁄ पद रिक्त राख्नुको आन्तरिक उद्देश्य एकताको सदाशयता नभएर पार्टीविशेषको जनसंगठनका रूपमा प्रलेसलाई लैजाने कुटनीतिक कार्यनीतिको एउटा अंग मात्र हो ।

    ‘साझा मंच’लाई प्रवद्र्धन गर्ने कुनै प्रस्ताव नल्याई रिक्त स्थान पूर्ति गर्ने सार्वजनिक अनुरोध गर्नु बाहेक केही (अरू प्रयास) गरेन । एकतालाई अघि बढाउन जहा“बाट छुटेको हो, त्यहींबाट जोड्नु आवश्यक थियो । त्यसकारण गोविन्द भट्टजी सामु हामीले आफ्नो प्रस्ताव राख्नु उचित ठान्यौं । ‘साझा मंच’लाई निरन्तरता रिक्त पदको पूर्तिले दिंदै पूरक सम्मेलन गरिनुपर्छ र त्यसअघि एकता समिति गठन गरी काम गरिनुपर्छ भन्ने हाम्रो प्रस्तावलाई .... उहा“हरूले स्वीकार गर्नुभएन र प्रस्ताव गएकै भोलिपल्ट आफ्ना मान्छेहरू राखेर रिक्त पदपूर्ति गरेको समाचार सार्वजनिक भैसकेकै छ ।

    रातो थु“गा (वर्ष ६, पूर्णाड्ढ ४, २०५३ असोज)मा प्रकाशित स्वतन्त्र साहित्यकार खगेन्द्र संग्रौलाको अन्तर्वार्ताबाट उद्धृतांशहरू (पृष्ठ १११–१३२) ः
    रातोथु“गा ः अध्यक्षमा प्रस्तावित तपाईंको नामप्रति सम्मेलनमा भएको प्रतिक्रियाबारे तपार्इंको केही भन्नु छ ?
    संग्रौला ः प्रतिक्रिया मलाई बडो रोचक लाग्यो । विशेष गरेर प्रश्रितजीको ममाथिको आक्रामक प्रतिक्रिया । पक्राउ पर्नुअघि मैले भट्टजीको नाम अध्यक्षमा प्रस्तावित गरिसकेको थिए“ । त्यसैले मैले सम्मेलनमा हाजिर हुने अवसर पाएको भए सो पदमा मेरो नामको प्रसंग नै उठ्ने थिएन । तर म खोरमा थिए“ । कसैले अध्यक्षमा मेरो नाम प्रस्तुत गरिदियो । सामान्य मर्यादाको कुरा गर्ने हो भने प्रतिपक्षको आवाजको रक्षा गर्ने संस्थाको सम्मेलनमा सत्ताको कठोर दमनको शिकार भएको आनै कुनै सदस्यको कुरा त्यसरी उठिहालेपछि औचित्यवश होस् वा लोकाचारवश होस्, त्यस्तो प्रस्तावमाथि वादविवाद नै नगरी ऐक्यबद्धताको दृष्टिले स्वीकार गर्ने गरिन्छ । खोरबाट छुटेपछि त्यस प्रस्तावलाई सकार्नु मेरो आफ्नो कुरा थियो । तर प्रश्रितजीले ठाडै भन्नुभएछ– संग्रौलाले मेरो समेत आलोचना गरेको हुनाले ऊ किमार्थ स्वीकार्य हु“दैन ।

    रातोथु“गा ः प्रलेसको वर्तमान नेतृत्व आफूबाट प्रलेसको साझा भावनाको प्रतिनिधित्व भैरहेको कुराको दावी गरिरहेको छ । साथै आफ्नो पक्षले हरकुरामा प्रलेसको साझा प्रकृतिअनुरूप काम गरिरहेको र सम्मेलन बहिष्कार गर्ने पक्षबाट हरकुरामा गल्ती हुन गएको पनि दावी गरिरहेको छ ।

    संग्रौला ः ‘बुधबार’ साप्ताहिक, ‘पौरख’ र ‘साथी’मा भट्टजीका यस आशयका विचार मैले पढेको हु“ । मेरो विचारमा उहा“को आशयलाई तीन बु“दामा टिप्न सकिन्छ । पहिलो, प्रलेसको सम्मेलन बैध छ । दोस्रो, सम्मेलनको चयन गरेको नेतृत्वले प्रलेसको साझा प्रकृतिअनुरूप काम गरिरहेको छ र तेस्रो, प्रलेसले आम प्रगतिशील लेखकहरूको प्रतिनिधित्व गरेको छ र बहिष्कार गर्नेहरू त्यै २२÷२३ जना लेखक हुन् र अहिले प्रलेसको नेतृत्वप्रति असहमति प्रकट गर्ने र यसको विरोध गर्ने लेखकहरू “केही” जना मात्र छन् ।
    मेरा विचारमा भट्टजीका यी तीनैटै तर्कहरू प्रलेसको साझा प्रकृति र मर्मविरुद्ध लक्षित छन् । यिनले तथ्यस“ग मेल खा“दैनन् । तथ्यहरूलाई उल्टोपाल्टो पारेर प्रस्तुत गर्दैमा सत्य उल्टिहाल्दैन ।

    प्रलेस (वर्ष ५, पूर्णाड्ढ ११, वैशाख जेठ २०५७) मा प्रकाशित हरिगोविन्द लुईंटेलको मन्तव्यबाट उद्धृत अंश :- पृष्ठ (२८–२९)

    ... अध्यक्ष र महासचिव पद नपाएमा कोही छोडेर गए पनि हामीलाई फरक पर्दैन भन्ने कुराहरू त्यो (चौथो राष्ट्रिय सम्मेलनको) तीन घण्टाभित्र धेरै सुनेको थिए“ । बाहिर गएका साथीहरूलाई पनि यही“ आएर केही मिल्ने संभावना हुनसक्छ कि भन्दा उहा“हरूले आश मारेको स्थिति थियो । ... छोडेर जाने साथीहरूमध्ये केहीले समानान्तर प्रलेस बनाउने पनि कुराहरू निकाल्नुभएको थियो, अन्तक्र्रिया भयो र त्यो बेला उहा“हरू रोकिनुभयो । उहा“हरू पनि आज यो सम्मेलनमा सहभागी हुनुहुन्छ । यो खुशीको कुरो हो । अर्को कुरो, बस्नु हुने साथीहरूले इगोको मसला नबनाइकन हिजो गल्ती भएको थियो है भनेर स्वीकार गर्नुभयो र आव्हान गर्नुभयो त्यो पनि ठूलो कुरा हो ।

    यो साझा मंचमा विभिन्न सोचको प्रतिनिधित्व गर्ने साहित्यकारहरूका बीचमा साझा मंच संचालन गर्ने पद्धतिका आधारभूत कुराहरूमा यथोचित ध्यान पुग्न नसकेकाले यो संघको चौथो राष्ट्रिय सम्मेलन विवादास्पद रही सो सम्मेलनले छानेको नेतृत्व सर्वपक्षीय हुन नसकेको सर्वविदितै छ । ... स्थापनाकालदेखि नै आना घटकबीच सहअस्तित्व र सहकार्यको उचित वातावरण कायम गर्दा प्रलेस पुनर्गठित एवं सुदृढ रहेको र यस्तो सहअस्तित्व र सहकार्य हुने वातावरण खलबलिंदा प्रलेस टुटफुट र कमजोर रहेको तथ्य हाम्रासामु छ । ... चौथो राष्ट्रिय सम्मेलनमा देखापरेको असमझदारीमाथि भनेझैं तालमेल गडबडिएको स्थितिका उपज हुन् । त्यसकारण प्रलेसलाई सुसंगठित एवं प्रभावकारी बनाउने कुरा गर्दा माथिका शक्तिबीचको सन्तुलनलाई अत्यधिक प्राथमिकता दिनुपर्दछ । ... यही प्राथमिकताकै क्रममा चौथो राष्ट्रिय सम्मेलनमा भएका कमीकमजोरीहरूको समीक्षा गर्दै सम्बन्धित सबैले स्थितिको मूल्याड्ढन गरी पा“चौ“ राष्ट्रिय सम्मेलनलाई एकीकृत सम्मेलनको रूपमा सम्पन्न गर्न गराउन विशेष वातावरण बनाउने प्रयत्न भयो (पा“चौ“ राष्ट्रिय सम्मेलनमा प्रस्तुत महासचिवको प्रतिवेदन≤ प्रलेस पूर्णाड्ढ ११, पृष्ठ ३०–४६) ।  

    यसरी दुर्घटना बनेर रहेको प्रलेसको चौथो राष्ट्रिय सम्मेलनको एकांगी नेतृत्वले प्रारम्भका वर्षहरूमा केही राम्रा कार्यहरूको थालनी पनि ग¥यो । बैठक आदि बस्दा महासचिवले झोलामा माइन्यूट बोकी हिंड्नुपर्ने, बैठक बस्न ठाउ“ देऊ न भन्दै हिंड्नुपर्ने अवस्थालाई तात्कालिक रूपमा समाधान गर्दै काठमाडौं माइतीघरस्थित भक्तबहादुर पण्डितको कार्यालयकक्षलाई कार्यालयको रूपमा प्रयोग गर्ने व्यवस्था ग¥यो । अघिल्लो केन्द्रीय समितिले त्यहा“ कार्यालय राख्न थालिसकेको थियो र अलि व्यवस्थित बनाउने काम यसले ग¥यो । अध्यक्ष गोविन्द भट्ट र महासचिव गंगाप्रसाद उप्रेती रहेको सत्र सदस्यीय केन्द्रीय समिति र १८ सदस्यीय राष्ट्रिय परिषद्मा दुई सीट पछिसम्मै रिक्त रहिरह्यो । छैठौ“ महाधिवेशनपश्चात् एमालेमा भएको विभाजनको कारण प्रलेसको तत्कालीन नेतृत्वबीच पहिलेझैं सुमधुर र सौहाद्रपूर्ण सम्बन्ध रहिरहन सकेन । फलस्वरूप ०५४ पछि प्रलेसले कुनै उल्लेखनीय काम पनि गरेन मात्र हैन, विधानतः ०५५ मा हुनुपर्ने सम्मेलनको सोचसम्म पनि हुन सकेन । यसबीचमा संस्थापन पक्षकोे विगतको रबैयाले प्रलेसको संयुक्त मोर्चाको स्वरूपलाई आघात पुगेको कुराहरू महसुस गरी सबै पक्षलाई समावेश गरी संघलाई क्रियाशील बनाउने कुरामा आग्रह गरियो, वक्तव्य निकालियो र पुनः सबै पक्ष मिली विगतका गल्ती–कमजोरीबाट शिक्षा लिंदै पा“चौ“ सम्मेलनको तयारीमा जुटे । उत्साहप्रद वातावरणमा ०५६ फागुन २८ र २९ मा पा“चौ“ राष्ट्रिय सम्मेलन काठमाडौ“ थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसको सभाकक्षमा सम्पन्न भयो । उक्त सम्मेलनमा बीसभन्दा बढी जिल्लाका दुई सयभन्दा बढी लेखकहरूको सहभागिता रहेको थियो । विभिन्न राजनीतिक दलका नेताहरू ः नारायणमान बिजुक्छे (नेमकिपा), अमिक शेरचन (संजमो), झलनाथ खनाल (एमाले), लोकनारायण सुवेदी, विष्णुबहादुर मानन्धर (संयुक्त), नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्यको उपस्थिति रहेको सो सम्मेलनको उद्घाटन वरिष्ठ प्रगतिवादी साहित्यकार भवानी घिमिरेले गर्नुभएको थियो । उद्घाटन समारोहलाई श्यामप्रसाद, मोदनाथ प्रश्रित, शक्ति लम्साल, खगेन्द्र संग्रौला जस्ता विगतमा प्रलेसका महŒवपूर्ण जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ साहित्यकारका साथै विभिन्न सांस्कृतिक संगठनका प्रतिनिधिहरू– रुद्र खरेल (इसास), जेवी टुहुरे (राजसाम), घनश्याम ढकाल (अनेजसासं), जीवन शर्मा (रक्तिम), जगदीशचन्द्र भण्डारी (जनकला सिर्जना), चन्द्रबहादुर उलक (क्रान्तिकारी सांस्कृतिक संघ), लोकनारायण सुवेदी (नेप्र सांसं), माधव प्रधान (राजसांसं), डा. ऋषिकेश उपाध्याय (नेकपा संयुक्तका संस्कृति विभाग)हरूले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो ।

    सबै वाम दलका र स्वतन्त्र जनवादी साहित्यकारहरूको सहभागिता यस सम्मेलनको विशेषता बन्यो । तथापि अझ पनि कतिपय स्वतन्त्र प्रगतिशील साहित्यकारहरूलाई प्रलेसले आकृष्ट गर्न सकेको छैन ।

    ०४४ सालमा हलभाडा तिर्नसम्म साह्रो–गाह्रो प्रलेसले पा“चौ“ राष्ट्रिय सम्मेलनमा झण्डै दुइृ लाख रुपैया“को आय–व्यय विवरण सभाले अनुमोदन गरेको थियो । पा“चौ“ राष्ट्रिय सम्मेलनपछि बागबजारमा रु. १५०० मासिक भाडा तिरी कार्यालय संचालन गरेर बसेको छ ।
    अहिले मुलुकको अवस्था विषम छ । मुलुक प्रतिगमनको संघारमा उभिएको छ । समान प्रवृत्तिका कतिपय वाम दलहरूमा धु्रवीकरण भैरहेको छ । अग्रगामी आन्दोलनका हकमा यो धु्रवीकरण शुभसूचक भए तापनि मुलुकको राजनीतिक अवस्था एकदम तरल देखिएको छ । यस स्थितिमा यही फागुन २४, २५ मा त्रि.वि. त्रिभुवन स्मृति भवन कीर्तिपुरमा छैठौं राष्ट्रिय सम्मेलन हु“दैछ ।

उद्देश्य तथा कार्यक्रम

    उपलब्ध स्रोत सामाग्रीका आधारमा ‘जनवादी साहित्यको प्रचार गर्ने, नेपालका तरुण लेखकहरूलाई संगठित गर्ने, क्रान्तिलाई अमर राख्न र सामाजिक क्रान्ति गर्न संसारभरका प्रतिक्रियावादीको विरोधमा कलमद्वारा संघर्ष गर्ने र संसारभरका साम्राज्यवादी, पू“जीवादी र सामन्तवादी शक्तिविरुद्ध संघर्ष गर्ने’ जस्ता उद्देश्यले २००९ मा प्रलेस स्थापना भएको देखिन्छ ।

    २०३६ मा प्रलेकसंघ तयारी समितिले तयार पारेको विधानमा १९ सूत्रीय उद्देश्य तथा कार्यक्रम लिपिबद्ध भएको छ । तीमध्ये सामन्ती र साम्राज्यवादी संस्कृतिविरुद्ध संघर्षरत रही वैज्ञानिक तथा मौलिक राष्ट्रिय जनसंस्कृतिको निर्माण, भाषागत समान अधिकार, राष्ट्रियता, जनताको न्यायपूर्ण संघर्षप्रति ऐक्यबद्धता, अन्तरअनुवाद आदि रहेकामा २०४४ को राष्ट्रिय सम्मेलनले ती उद्देश्य तथा कार्यक्रमहरूलाई परिमार्जन गरी १२ सूत्रीय उद्देश्य तथा कार्यक्रम तय ग¥यो । तयारी समितिले सम्पूर्ण लेखक कलाकारका हकहितको संरक्षण–सम्बद्र्धन गर्ने भनेकोमा सम्मेलनले प्रगतिशील लेखक कलाकारको हकहित भनी संशोधन ग¥यो तथा अन्य बु“दाहरू आवश्यक भाषिक परिमार्जनका साथ अद्यापि लगभग यथावत् नै छन् । हरेक सम्मेलनले अग्रगामी आन्दोलनलाई टेवा पुग्ने समसामयिक तथा दीर्घकालीन महŒवका प्रस्तावहरू पारित गर्ने गरेको छ ।

सदस्यता, सांगठनिक स्वरूप, विस्तार र नेतृत्व
सदस्यता
    प्रलेसको कार्यक्रम तथा उद्देश्यस“ग सहमत लेखक, सम्पादक यसको सदस्य बन्नसक्ने व्यवस्था विधानले गरेको छ । २०४४ को राष्ट्रिय सम्मेलनले सदस्यता शुल्कसम्बन्धी निर्णय केन्द्रीय समितिलाई दिएकोमा त्यसपछिका सम्मेलनले विधानमै किटान गरिदिएको देखिन्छ । साधारण, आजीवन र मानार्थ गरी प्रलेसको सदस्यता वर्गीकरण गरिएको छ । वार्षिक रु. ५०।– का दरले एकमुष्ठ रु. १५०।– नवीकरण शुल्क, नया“ सदस्यका लागि थप रु. ५०।– प्रवेश शुल्क तथा रु. २०००।– आजीवन सदस्यता शुल्क सम्मेलनद्वारा निर्धारण भएको छ । सामान्यतः पुस्तकाकार एउटा कृति वा तीन गद्य रचना वा दश कविता प्रकाशित भएको प्रगतिशील सर्जक यसको सदस्य बन्नसक्ने व्यवस्था गरिएको छ । प्रगतिशील साहित्यको क्षेत्रमा दीर्घसेवा गर्ने विशिष्ट सर्जकहरूलाई प्रदान गर्न सकिने मानार्थ सदस्यता हालसम्म कवि देवीप्रसाद किसानलाई मात्र प्रदान गरिएको छ भने कतिपय सर्जकहरू आजीवन सदस्य पनि बनेका छन् ।

सांगठनिक स्वरूप

    पहिलो राष्ट्रिय सम्मेलनले ३५ जनाको राष्ट्रिय परिषद् निर्वाचित गरी त्यसमध्येबाट १८ जनाको केन्द्रीय समिति चयन गर्ने व्यवस्था गरेकोमा चौथो राष्ट्रिय सम्मेलनले ३९ सदस्यीय राष्ट्रिय परिषद्मध्येबाट १९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने व्यवस्था गरेको देखिन्छ । राष्ट्रिय परिषद् र केन्द्रीय समिति गठन गर्दा साझा मञ्चको अवधारणालाई दृष्टिगत गर्नुका साथै विभिन्न भाषा साहित्यका सर्जकहरूको समेत प्रतिनिधित्व गराउनतिर जोड दिएको देखिन्छ । केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरू रहने व्यवस्था छ । केन्द्रीय समितिले पदाधिकारीहरूको सचिवालयमा सल्लाहकारहरूको मनोनयन सर्वसम्मतिबाट गर्ने गर्दछ । मुलुकका संभव भएका स्थानहरूमा स्थानीय एकाइका रूपमा शाखाहरू गठन हुनसक्ने व्यवस्था छ । हालसम्म मेची (इलाम, झापा), कोशी (सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम), नारायणी (झापा, चितवन, मकवानपुर), बागमती (सिन्धुपाल्चोक), गण्डकी (कास्की), लुम्बिनी (रुपन्देही, बुटवल, पाल्पा, बागलुङ), राप्ती (दाङ, सुर्खेत, दैलेख) अञ्चल समेत दश वटा अञ्चल तथा पच्चीसभन्दा बढी जिल्लामा यसका शाखाहरू बनिसकेका छन् भने अधिराज्यभरिका प्रगतिशील लेखकहरूको साझा मोर्चा संगठनको रूपमा प्रलेस रहेको छ ।

प्रलेसले संस्थागत स्वरूप गठन गरेपश्चात् नेतृत्वतहका पदाधिकारीहरू निम्न छन् :-

    सम्मेलन वर्ष    अध्यक्ष    महासचिव
    २०४४    रमेश विकल    मोदनाथ प्रश्रित
    २०४८    श्यामप्रसाद    खगेन्द्र संग्रौला
    २०५०    श्यामप्रसाद    निनु चापागाईं
    २०५२    गोविन्द भट्ट    गंगा उप्रेती
    २०५६    निनु चापागाईं    जीवेन्द्रदेव गिरी

    पहिलोदेखि पाचौ सम्मेलनसम्म १७७ जनाको केन्द्रीय नेतृत्वमा जम्मा ११५ जनाले बढीमा चारपटकसम्म प्रतिनिधित्व गरेको देखिन्छ ।

संकेत चिन्ह

केन्द्रीय समिति
राष्ट्रिय परिषद्
जगदीशभन्द्र भण्डारी
अमर गिरी, गंगा उप्रेती
रुद्र खरेल
विष्णु प्रभात, घनश्याम ढकाल, निनु चापागाईं, खगेन्द्र संग्रौला
अनिल पौडेल, बासुदेव अधिकारी
दिल साहनी, इस्माली, हरिहर खनाल, आनन्ददेव भट्ट, हरिगोविन्द लुईटेल
नारायणप्रसाद शर्मा, अनिरुद्ध्र तिमल्सिना, ऋषिराज बराल, जीवेन्द्रदेव गिरी, नरनाथ लुईंटेल, गोविन्द भट्ट, श्यामप्रसाद, रामहरि पौडेल
रामप्रसाद प्रदीप, महेश मास्के, ईश्वरचन्द्र ज्ञवाली, ताराकान्त पाण्डेय, कृष्णसेन इच्छुक, मोहन दुवाल, जनकप्रसाद हुमागाईं, भक्तबहादुर पण्डित, सुधा त्रिपाठी, रामचन्द्र भट्टराई, पूर्णविराम, आहुति, राजभाइ जःकमी, पारिजात
डि.आर. पोखरेल, मातृका पोखरेल, राम विनय, नन्दु परिश्रमी, पवित्रा सुवेदी, ऋषिराम भुसाल, त्रिरत्न शाक्य
चूडामणि रेग्मी, देवीप्रसाद गौतम, रमेशप्रसाद भट्टराई, पुष्पराज कर्णिकार, केशव नेपाल, विमल निभा, रविकिरण निर्जीव, रमेश विकल, शक्ति लम्साल, मोदनाथ प्रश्रित, मञ्जुल, शारदारमण नेपाल, मल्ल के. सुन्दर, रघु पन्त, हुकुमबहादुर सिंह, बलभद्र भारती, लीला उदासी, आर.आर. चांैलागाई, शितविन्दु, राजेन्द्र सुवेदी, शोभा गौतम, पूर्णबहादुर वैद्य, दुर्गालाल श्रेष्ठ ।
निर्माेही व्यास, मुरारी अर्याल, सुरेश आले मगर, शुभशंकर क“डेल, रणेन्द्र बराली, आशकुमार चिक“बञ्जार, यकिना अगाध, प्रेमसागर पौडेल, नारदमणि हार्तम्छाली, नवराज शर्मा, सीता शर्मा, पोषराज पौडेल, कपिल लामिछाने, पुष्पकमल सुवेदी, कृष्णमोहन जोशी, यज्ञबहादुर डा“गी, बद्रीविशाल पोखरेल, सुदर्शन श्रेष्ठ, पुण्यप्रसाद खरेल, बु“द राना, पदमरत्न तुलाधर, माणिकलाल श्रेष्ठ, रविलाल अधिकारी, मोहन श्रेष्ठ, अमर शाह, चन्द्र भण्डारी, पुरुषोत्तम शर्मा, विजय सुब्बा, मित्रलाल पंज्ञानी, विवश वस्ती, पुण्य कार्की, विदुर चालिसे, विवेक वाइबा, होम भट्टराई, दिनेश भुजु, कणाद महर्षी, भास्कार, गोविन्द विकल, महेश्वर राय, झपेन्द्र जिसी, घनश्याम शर्मा पौड्याल, मणि थापा, गोविन्द्र पौडेल, दिनेश मैनाली, भीष्म उप्रेती, लोकबहादुर थापा मगर ।

प्रलेसको दिशा, दायित्व, समस्या र चुनौती

    जनवादी साहित्यको प्रचार गर्न सामन्तवाद र साम्राज्यवादविरोधी नेपाली लेखकहरूलाई संगठित पार्ने उद्देश्यले २००९ मा स्थापना भएको प्रलेसले २०३६ को पुनर्गठनमा आनो उपस्थितिको औचित्यलाई ‘देशमा विद्यमान सामन्ती संस्कृतिको र विदेशबाट आयात गरिएको साम्राज्यवादी संस्कृतिको विरोधमा संघर्षरत रहेर स्वच्छ, वैज्ञानिक तथा मौलिक राष्ट्रिय जनसंस्कृतिको निर्माणको लागि प्रयत्नशील रहने साझा र स्वतन्त्र संगठन, भनी मूर्त बनायो । यसलाई अझ स्पष्ट पार्र्दै पा“चौ“ राष्ट्रिय सम्मेलनद्वारा पारित विधानको प्रस्तावनामा भनिएको छ, ‘साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको आमूल रूपान्तरणका निम्ति सहयोग पु¥याउनुपर्छ भन्ने चिन्तन राखी वर्ग विभक्त समाजमा वर्गसंघर्षलाई प्रमुख कारक एवं प्रेरकतŒव ठान्ने र श्रमिक वर्गलाई सम्पूर्ण भौतिक तथा भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनका रूपमा अ“गाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने र आमूल परिवर्तनका पक्षधर समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व गर्ने साङ्गठनिक रूपमा प्रतिबद्ध तथा अप्रतिबद्ध समेत रहेका साहित्यसर्जकहरूको संयुक्त मञ्चका रूपमा विद्यमान राष्ट्रिय स्तरको संगठन नै प्रगतिशील लेखक संघ हो ।’ प्रस्तावनाको यही भावना प्रतिबिम्बित हुने गरी संघले आनो उद्देश्य तथा कार्यक्रमहरू निर्धारण गर्ने गरेको छ । यसले गर्ने गरेका कार्यक्रमहरू विचारधारात्मक (विचारगोष्ठीहरू), प्रचारात्मक (समसामयिक विषयवस्तुमा आधारित गोष्ठीहरू तथा कविगोष्ठीहरू, अग्रज स्रष्टाहरूप्रति सम्मान, श्रद्धा प्रकट गर्न आयोजित जन्मजयन्ती कार्यक्रमहरू), विरोधात्मक कार्यक्रम (वक्तव्य प्रकाशन), विरोध प्रदर्शन, सांगठनिक, विकासात्मक (कविगोष्ठीहरू, प्रलेसको प्रकाशन आदि) आदि विविध प्रकृतिका छन् । राष्ट्रिय सम्मेलनहरू अझसम्म राजधानीमै गरिने गरिएको भए तापनि अन्य कार्यक्रमहरू सहआयोजक स्थानहरूको तत्परताअनुसार पूर्वाञ्चलदेखि मध्यपश्चिमाञ्चलसम्मका मोफसलहरूमा हुने गरेका छन् ।

    २०५३ जेठमा संघ विधिवत् दर्ता (दर्ता नं. ६९०÷५२–५३) भैसकेकोले यसको स्वरूप वैधानिक, स्वायत्त र संयुक्त छ र यसअर्थमा यो पार्टीका जनवर्गीय संगठनसरहको सांस्कृतिक संगठनहरू भन्दा भिन्न छ ।
    प्रलेस अग्रगामी सांस्कृतिक आन्दोलनको बाहक वैचारिक स्वयंसेवी साझा संस्था हो । यसको आर्थिक स्रोत भनेको सदस्यता शुल्क र शुभेच्छुकहरूबाट प्रदान गरिने आर्थिक सहयोग मात्र हो । आर्थिक अभावका कारणले गर्दा कार्यालयसम्म राख्न सकिने स्थिति जेनतेन धानिने गरेकाले चाहेर पनि ठूलठूला र महŒवाकांक्षी कार्यहरू संचालन गर्न धौ धौ पर्छ नै । ‘प्रलेसले केही गरेन’ भन्ने प्रायशः थेगो भैसकेको छ । प्रलेसले केही नै नगरेको भने होइन≤ गरेको छ तर ती न्यून छन् र शुभेच्छुकहरूले अपेक्षा गरेअनुसार नपुग देखिन सक्छ । विभिन्न विचारगोष्ठीहरू भएका छन् तर पनि दीर्घकालीन स्वरूपको कार्य त्यतिविधि भए गरेको देखिंदैन । संयुक्त मोर्चारूपी संगठन भएकाले कतिपय अवस्थामा यो चाहेर पनि चाहेजति सक्रिय हुन सक्दैन ।

    पा“चौ“ राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा प्रलेसको केन्द्रीय नेतृत्वमा ११५ जना लेखकहरू रहिसकेका देखिन्छन्≤ अहिले तीमध्ये कतिपय प्रगतिशील भनाउन चाहदैनन्, आन्दोलनबाट पलायन भई तिनको उठ्बस गैरप्रगतिशीलहरूस“ग बढी हुन्छ । हुन त यो प्रलेसको मात्र हैन मुलुकको वाम आन्दोलनकै कमजोरी हो । आन्दोलनले आफूलाई चाहिने विचारवान् र प्रगतिशील आचरणयुक्त न्यूनतम संख्यामा पनि कार्यकर्ताहरू जन्माउन सकेको छैन तर पनि आन्दोलनले केन्द्रीय नेतृत्व तहमा चयन गर्ने व्यक्तिको आचरण र निष्ठाका बारेमा राम्रो विचार पु¥याउनुपर्दछ । केन्द्रीय नेतृत्वमा चयन हुने लेखक स्थापित भएको हुनुपर्ने भनी अपेक्षा राख्नु अस्वाभाविक होइन । विद्यमान केन्द्रीय नेतृत्वमा ३९ जना आवश्यक पर्छ । यो संख्या औसत सदस्यसंख्याको झण्डै षष्टांश हुन खोज्छ । अर्थात् छ जनामध्ये एकजना केन्द्रीय नेतृत्वमा चुनिन्छ । राष्ट्रिय परिषद्ले केन्द्रीय समितिलाई राय–सल्लाह दिने तथा केन्द्रीय समितिको क्रियाकलापको मूल्याड्ढन गर्नुपर्ने भएकाले तुलनात्मक रूपले यस परिषद्मा पाका लेखकहरूको चयन हुनु वाञ्छनीय देखिन्छ । संयुक्त मोर्चा संगठनको स्वरूप भएकोले दलीय र स्वतन्त्र प्रतिनिधित्व त हुने नै भयो तर पनि दलहरू निकटस्थ सांस्कृतिक संगठनहरूले प्रलेसको गरिमा धान्न सक्ने लेखकहरूको प्रतिनिधित्व गराउने कुरामा यथोचित ध्यान खुट्याउन सक्नुपर्छ । दलीय प्रतिनिधित्वका नाममा कुनैबेला गैरलेखक व्यक्तिहरूको उपस्थितिले संघले एकातिर आम प्रगतिशील लेखकहरूको सहयोग र समर्थन पाउन अप्ठेरो परिरहेको मात्र हैन, कतिपय प्रगतिशील कहलिएका लेखकहरूका लागि भने चैतमा आ“खा फुटेको गोरुले सधै“ हरियो देख्छ’ भन्ने आहान चरितार्थ भैरहेको छ । अर्कोतिर चाहि“ प्रतिनिधित्वमा दलीय सहभागिता हावी भएको तर काममा चाहि“ दलीय सक्रियता नदेखिएको गुनासो पनि सुनिने नगरेको होइन । नेतृत्वको आकार ठूलो भएकोले सिकारु र नवप्रवेशीहरू पनि केन्द्रीय नेतृत्वमा सहजै पुग्ने गरेको देखिन्छ तर त्यस्ता कतिपय लेखकहरू आस्थाको राजमार्गमा तुरुन्तै विपथगामी बनेका उदाहरण पनि पाइन्छन् । यसले प्रलेसको गरिमालाई धमिल्याउने कार्य गर्दछ । त्यसैले प्रलेसको पदाधिकारी कम्तीमा यस्तो व्यक्ति हुनुपर्छ, जो पछि परन्तु विरोधी वृत्तमा नजाओस् । त्यसैले प्रलेसमा को व्यक्ति कतिपटक नेतृत्वमा रह्यो भन्नु भन्दा पनि नेतृृत्व कसरी चयन गरिंदा मोर्चा मर्मअनुसार संचालित हुनसक्ला भनी यथोचित विचार पु¥याउनु पर्छ । वैधानिक संघर्षमा सीमित र सशस्त्र संघर्ष गरिरहेका धारहरूलाई संयोजित र सन्तुलित पारेर प्रलेसलाई अघि बढाउने कार्य त्यसै पनि कम चुनौतीपूर्ण छैन । नेतृत्वले प्रलेसमा आबद्ध नभएका तर प्रलेसप्रति सहयोग र शुभेच्छा राख्ने स्वतन्त्र प्रगतिशील लेखकहरूलाई पनि समेट्न सक्नुपर्छ । प्रलेस वैचारिक आन्दोलनकारी सांस्कृतिक संगठन भएकाले संगठनलाई परिमाणात्मक रूपमा अनावश्यक विस्तार गर्न बल गर्नुभन्दा संगठनमा बा“धिएकाहरूको गुणात्मक विकास गराउने कार्यक्रमहरूमा जोड दिनु नितान्त आवश्यक छ । 

    यसपालिको सम्मेलन प्रलेसको स्वर्ण सम्मेलन पनि हो । प्रलेसले आफ्नो प्रारम्भिक यात्रामा बरु अन्तर्राष्ट्रिय लेखक संघहरूस“ग सम्बन्ध विस्तारको प्रयास गरेको, अफ्रो एशियन लेखक संघस“ग पनि सम्बन्ध कायम भएको, नेपालका प्रगतिशील कविहरूका रचना त्जभ अबिि मा प्रकाशित भएको, रुसी लेखक संघस“ग सम्बन्ध कायम गर्ने प्रयास भएको देखिन्छ । तर पुनर्गठनपछिको प्रलेसले यस दिशामा प्रयास अगाडि बढाएको देखिएको छैन न त प्रगतिशील नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने प्रयास नै गरेको देखिन्छ । यस्तो प्रयास गरिंदा कम्तिमा पनि कोरिया, चीन, भारत, बांगलादेश, पाकिस्तान आदि मुलुकका सहधर्मी लेखक संघस“ग वैचारिक आदान–प्रदान र सम्बन्ध विस्तार हुनसक्ने संभावना रह“दो हो । सार्क मंचकै अवधारणा अनुकूल पनि प्रगतिशील सार्क लेखक मंचको संभावनाउपर प्रयासहरू परिचालन गर्न सकिंदो हो ।

    मुलुकका अग्रज पुस्ताका प्रगतिशील स्रष्टाहरूको सार्वजनिक सम्मान गर्ने परम्पराको प्रारम्भतिर पनि प्रलेसको ध्यान आकृष्ट हुनु आवश्यक छ । इतर खेमाका स्रष्टाहरूलाई राज्यले थरीथरीका पुरस्कारद्वारा सम्मानित गर्ने गरेको छ भने समकक्षी प्रगतिशील स्रष्टाहरू आजीवन अभाव र उपेक्षापूर्ण जीवन बिताइरहेका छन् । सिकिस्त थला पर्दा पनि राज्यको ध्यान पुगेको देखिंदैन । राजनीतिक नेताहरू बिरामी नै नभए पनि उपचार गराउन विदेश पुगेका हुन्छन् भने साहित्यकारहरू चाहि“ थलै पर्दा पनि स्वदेशमै पनि राम्रो उपचार पाउन सक्दैनन् । साहित्यकारहरू सदा अवैतनिक भई वाङ्मयको सेवा गर्दछन् र नेताहरू सधै“ ढुकुटीमा हाली मुहाली गरी सत्ताको सिंहासन तानातान गर्दछन् । त्यसैले प्रलेसले अब राज्यकोष र जनताका कोषबाट चल्ने साहित्यसम्बद्ध संस्थाहरूमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बेला आएको हो भन्ने लाग्छ । २०३६ मा पुनर्गठित प्रलेकसंघको विधानको नवौ“ बु“दामा उल्लेखित उद्देश्य तथा कार्यक्रम– साझा प्रकाशन, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, चलचित्र संस्थान, रेडियो नेपाल (नेपाल टेलिभिजन) जस्ता संस्कृतिस“ग सम्बन्धित निकायहरूद्वारा केवल यथास्थितिवादी र सत्तापक्षस“ग सम्बन्धित लेखक कलाकारहरूलाई मात्र दिइने सहयोगको विरोध गर्दै सबै विचारका लेखक कलाकारहरूका कृतिहरूलाई समान रूपमा प्रकाशन र प्रसारण गर्ने हकको माग गर्दै त्यस्ता संस्थाहरूको स्वायत्तता र स्वतन्त्रताको निम्ति आवाज उठाउने कार्यक्रम आज पनि उत्तिकै सान्दर्भिक छ । राज्यको ढुकुटीबाट दिइने प्रतिभा पुरस्कार लगायतका पुरस्कारहरूको बा“डफा“ड प्रगतिशील प्रतिभाहरूलाई पन्छाएर मनोमानी ढंगले हुने गरेकोमा प्रलेसले सशक्त विरोध गर्नुपर्छ भन्ने लाग्दछ । राज्यद्वारा वा संस्थागत रूपमा चले चलाइएका साहित्यिक प्रकाशनहरूमा पनि प्रगतिशील स्रष्टाहरूले यथोचित स्थान पाउन सकेको देखिंदैन । त्यसैले प्रलेसले आफ्ना सर्जकहरूलाई इतर मञ्चहरूमा स्थान दिलाउन संघर्ष गर्नुका साथै आफैंभित्र पनि सम्मान गर्ने परिपाटी बसाल्नु अपेक्षित छ । त्यतिमात्र होइन, गैरप्रगतिशील स्रष्टाका प्रगतिशील रचनाको लागि टोकन सम्मान दिने परिपाटी पनि बसाल्नु गैरमनासिव नहोला । यस्तो परिपाटीले अन्तक्र्रियात्मक सम्बन्धको विकासलाई सघाउ पु¥याउ“छ । प्रगतिशील साहित्यकै पनि व्यवस्थित अध्ययनको परिपाटी विकास गर्ने आवश्यक क्रियाशीलता हुनु आवश्यक छ । प्रगतिशील कृतिहरूको सन्दर्भ सूची तयार पार्नु पनि उत्तिकै जरुरी देखिन्छ । प्रगतिशील लेखनको स्तर उकास्नका लागि पनि आवश्यक क्रियाशीलता देखाउन प्रलेस लागि पर्नुपर्छ । प्रलेसको उद्देश्य तथा कार्यक्रममा परेर पनि क्रियान्वित नभएको अर्को कार्यक्रम हो– विदेशी भाषामा नेपाली प्रगतिशील साहित्यको अनुवाद ।

    उद्देश्य र कार्यक्रममा उल्लेख भएको पहिलो बु“दामा पनि प्रलेसको ध्यान आकृष्ट हुनुपर्छ भन्ने लाग्छ । ‘प्रगतिशील लेखकहरूको हकहितको संरक्षण र सम्बद्र्धनको निम्ति प्रयत्नशील एवं कार्यरत रहने’ भनी पहिलो प्राथमिकता पाएको यस उद्देश्यको व्यावहारिक रूपान्तरणका पक्षमा विचार गर्दा केही प्रश्नहरू उब्जेको स्थिति छ– प्रलेसको वर्तमान राष्ट्रिय पार्षद र भूपू केन्द्रीय सदस्य कृष्णसेन ‘इच्छुक’को प्रहरी हिरासतमा हत्या हु“दा पनि प्रलेस वक्तव्यमा सीमित रहनुपर्ने स्थिति रह्यो भने पत्रकार संघले छानवीन आयोगसम्म गठन गराउने दबाबमूलक संघर्ष ग¥यो । २०५२ मा खगेन्द्र संग्रौलाको गिरफ्तारीका बेला लगायत अरू कतिपय बेलामा पनि वक्तव्यमै सीमित रह्यो । हुन त प्रलेसको संगठन संरचना पृथक् छ । अर्कोतिर, कुमारबहादुर जोशी, यज्ञनिधि दाहाल जस्ता गैरप्रगतिशील लेखकहरूलाई पनि वर्गीय औ मानवीय आधारमा आर्थिक सहयोग नै गरेको पनि छ । त्यसैले प्रलेस प्रगतिशील लेखकको मात्र होइन, सामाजिक न्याय र राष्ट्रिय हितको पक्षमा कलम चलाउने लेखकको हितबाट आ“खा चिम्लिंदैन भन्ने कुरा व्यवहारमै देखिएको छ । बचने किम् दरिद्रता ?
    उद्देश्य तथा कार्यक्रममा उल्लेख गरिएअनुसार प्रगतिशील साहित्यको संरक्षण, सम्बद्र्धनमा सहयोग पु¥याउन आवश्यक कार्यक्रमहरू तर्जुमा गरी लाग्नुपर्ने स्थिति टड्कारो देखापरेको छ । मुलुकमा विभिन्न निजी प्रकाशन संस्थाहरू रहेका भए तापनि व्यक्तिगत तजबीजमा चलेकाले तिनमा आम प्रगतिशील स्रष्टाहरूले स्थान पाउन सकेका छैनन् । प्रगतिशील साहित्यको अध्ययनलाई व्यवस्थित पार्न प्रगतिशील साहित्यको इतिहास र प्रगतिशील साहित्यिक कृतिहरूको पुस्तकसूची तयार पार्नतिर पनि प्रलेसले यथोचित ध्यान दिनु आवश्यक छ भने प्रगतिशीललेखनको स्तर अभिबृद्धि गर्न उद्देश्यमूलक समीक्षापद्धतिको थालनी गरिनु पनि आवश्यक देखिएको छ ।

    प्रलेस पुनर्गठित भैसकेको झण्डै सोह्र वर्ष बितिसक्दा पनि प्रगतिशील कलाकारहरूको संगठन अझसम्म बन्न सकेको छैन । यस दिशामा प्रलेसले आवश्यक अग्रसरता लिई प्रकसको निर्माणमा सहयोग गर्नु ढिलो भैसकेको छ ।

    आसन्न सम्मेलनले विगतको दुर्घटनाबाट शिक्षाग्रहण गर्दै प्रलेसको संयुक्त मंचको अवधारणा अनुकूलको र प्रलेसलाई गतिशील जीवन्त बनाइराख्न सक्षम हुनसक्ने कर्मठ र सक्रिय नेतृत्वको चयन गर्नेछ भनी आशावादी हुनु जरुरी छ । 



सन्दर्भ सामग्रीहरू
१. अर्याल, विष्णुप्रसाद (विष्णुप्रभात) :- शोधपत्र
२. प्रलेस, केन्द्रीय समिति:- प्रलेसका विभिन्न अंकहरू
३. प्रलेस, केन्द्रीय समिति:-प्रलेसका विभिन्न सम्मेलनका प्रतिवेदन र विधानहरू
४. प्रलेक, राष्ट्रिय सम्मेलन तयारी समिति:-प्रलेकको विधान
५. साथी, इन्द्रेणी, रातोथुगा साहित्यिक पत्रिकाको सम्बद्ध अङ्कहरू । 

'वेदना' पूर्णाड्क, ६७, वर्ष २९, अंक ३, चैत्र २०५९ बाट साभार 


=======================================================
प्रलेसको संक्षिप्त इतिहास 
विष्णु प्रभात 






































































































































































==================================

प्रलेसको संक्षिप्त इतिहास - विष्णु प्रभात
( यो पुस्तक यहाँ PDF File मा उपलब्ध छ )

No comments:

Post a Comment